मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जोनाथन विल्सन
२०७७ जेठ १२ सोमबार ०७:५०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

संकटसँग जुध्न फुटबललाई सिकाइरहनुपर्दैन

Read Time : > 2 मिनेट
जोनाथन विल्सन
२०७७ जेठ १२ सोमबार ०७:५०:००

लिग सुचारु गर्न भाइरस संक्रमण दर घट्नुपर्छ, आवश्यक स्रोत–साधन उपलब्ध हुनुपर्छ, रंगशालाभित्र र अभ्यासस्थलमा सुरक्षित वातावरण हुनुपर्छ

इंग्लिस प्रिमियर लिग स्थगित भएको १० साता भइसकेको छ । सन् १८८८ मा सुरु भएदेखि यति लामो समयसम्म लिगका खेल रोकिएको यो नै पहिलोपटक हो । नत्र, युद्धमा समेत यति लामो समय फुटबल रोकिएन । अहिले बुन्डेसलिगा सुरु भइसकेको छ, प्रिमियर सुरु हुने तरखरमा छ । फुटबल सुरु गरिहाल्नुपर्ने मुख्य कारण पैसा नै हो, तर पैसा मात्र पनि होइन । जसरी भए पनि फुटबल सुचारु होस् भन्ने सबैले चाहन्छन् । १ सेप्टेम्बर १९३९ मा जर्मनीले पोल्यान्डमाथि कब्जा गर्‍यो । अर्को दिन इंग्लिस लिग सुरु हुँदै थियो । त्यसै दिन संयुक्त अधिराज्यले पनि युद्धको घोषणा गर्‍यो । ठूलो जमातमा भेला हुन निषेध गरियो, लिग स्थगित भयो । दुई महिनाभित्रै फेरि लिग सुचारु भयो । दर्शक नआउलान् भन्ने पिर थियो तैपनि समर्थक भेला भए । फुटबलका दर्शकलाई भेला हुन छुट दिइयो । जुन ८, १९४० को वार कप फाइनल बेलुकाको ६:३० मा सुरु भएको थियो, बमबारीको त्रासका बाबजुद विम्बलीमा ४२ हजार तीन सय दर्शक उपस्थित थिए । दोस्रो विश्वयुद्ध दौरान पनि फुटबल खेलियो । जर्मनीले १९४५ को अप्रिल अन्त्यसम्मै फुटबल खेल्यो । १९४३–४४ को सिजन पूरा नभए पनि फ्रान्सले हरेक सिजन वार कप विजेताको घोषणा गर्‍यो, नेदरल्यान्ड र इटलीले भने क्रमशः एक र दुई सिजन गुमाउनुपर्‍यो ।

६ डिसेम्बर, १९४४ मा नाजी नियन्त्रित हंगेरीको बुडापेस्टमा रसियाले आक्रमण गर्‍यो, त्यही दिन उजपेस्ट क्लबका प्रशिक्षक गेजा केर्टेजले अभ्यास सकेर आगामी डर्बीबारे पत्रकार सम्मेलनमा बोले । साँझ उनलाई स्थानीय फासिस्टले समातेर गेस्टापोलाई सुम्पे । उनी नाजीविरुद्ध सूचना पठाउँथे । दुई महिनापछि उनलाई मारियो । विषम परिस्थितिमा पनि फुटबल खेलाउन कसरी सम्भव हुन्छ ? पहिलो कुरा फुटबल लचिलो छ । यसले परिस्थितिलाई स्विकार्छ र अघि बढ्छ । दोस्रो, सायद प्रशासक र समर्थक दुवैले यसलाई रुचाउने हुनाले पनि यो सम्भव भएको हो ।

बीसौँ शताब्दीमा विश्वका सरकारले अहिलेको भन्दा ठुल्ठूला संकट व्यहोरे, तर फुटबलका लागि यो नै सबैभन्दा विषम क्षण हो
 

जर्मनीले युक्रेन कब्जा गरेपछि पनि लिगलाई स्थिति सामान्यीकरणतिर भएको बिम्बको रूपमा प्रशासनले लियो र मारामारको स्थिति आउने पुरानो डायनामो किभका खेलाडीले भरिएको स्टार्ट र नाजीको प्रतिनिधित्व गर्ने लुथ्वाफेबीचको खेल पनि चल्न दिइरह्यो । ब्रिटिस सरकारले समेत फुटबल दर्शकका लागि भिडभाडको प्रतिबन्ध खोलिदिएको थियो । तर युद्ध र भाइरसबीच तुलना गर्न मिल्दैन–अहिले खेल्दाखेल्दै भाइरस सर्ने जोखिम छ । त्यसैले कतिपय हतारमा लिग सुरु गर्न डराइरहेका छन् । कतिले भने आवश्यक सुरक्षा प्रबन्ध गरेर छिटो फुटबल सञ्चालन गर्नुपर्नेमा जोड दिँदै छन् ।

हुन सक्छ, अहिलेको फुटबल खेल अस्वाभाविक जस्तो देखिन सक्छ, फिक्का महसुस हुन सक्छ । फेरि अहिले लिग सुचारु गर्न त्यति सहज कहाँ छ र ? यसका लागि निश्चय नै भाइरस संक्रमण दर घट्नुपर्छ, आवश्यक स्रोत–साधन उपलब्ध हुनुपर्छ, रंगशालाभित्र र अभ्यास स्थलमा सुरक्षित वातावरण सिर्जनुपर्छ । यति भइसकेपछि भने फुटबल रोकिरहनुपर्ने खास कारण छैन । सबै लकडाउनपछि उद्योग कसरी सञ्चालनमा ल्याउने भनेर लागिपरेका छन् । फुटबलले पनि किन यसो नगर्ने ? बुन्डेसलिगाको पुनरागमन एउटा ठूलो परीक्षण हो । बोरुसिया डर्टमन्डका प्रशिक्षक कास्र्टन कार्मर भन्छन्– खेलाडीको सुरक्षाका लागि त्यस्तो प्रावधान अपनाइएको छ, जुन अन्यत्र छैन । तर, हामी असफल भयौँ भने फुटबलको इतिहासकै सबैभन्दा विद्रुप परिणाम आउनेछ । जतिवेला रोक्नुपथ्र्यो, सही समयमा फुटबल रोकियो । अब यसको पुनरागमन पनि सही ढंगबाट हुनुपर्छ । जोखिम कम भएको छ भनेर निक्र्योल गर्न एकदमै कठिन छ । यो महामारीले अझै बिकराल रूप नलेला भन्न सक्ने कुनै आधार छैन । त्यसैले कत्ति पनि हेलचेक्र्याइँ गरिनुहुन्न, यो खेल र पैसाको मात्र कुरा होइन ।

लिभरपुलको गीतले ‘तिमी एक्लो हुनेछैनौ’ भनेजस्तै फुटबल एकलकाटे खेल होइन । मैदानभित्र र बाहिर पनि यसको सञ्जाल व्यापक छ । बीसौँ शताब्दीमा विश्वका सरकारले अहिलेको भन्दा ठुल्ठूला संकट व्यहोरे । तर, फुटबलका लागि यो नै सबैभन्दा विषम क्षण हो, किनकि यसले एक्लै रहन दिँदैन । तर, फुटबल अद्भूत छ, यसले आफ्नो बाटो आफैँ तय गर्छ । संकटसँग जुध्न फुटबललाई सिकाइरहनुपर्दैन । 

(विल्सन ब्रिटिस लेखक तथा खेल विश्लेषक हुन्) 
गार्जियनबाट