Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ, शुक्रराज ट्रपिकल सरुवारोग अस्पताल
मञ्जु टेलर काठमाडाैं
२०७७ जेठ १२ सोमबार ०६:१४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोभिड-१९ का बिरामी : लक्षणका आधारमा उपचार

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ जेठ १२ सोमबार ०६:१४:००

नेपालमा संख्या बढ्ने क्रमसँगै हालसम्म ७० जना कोरोना संक्रमित बिरामी उपचारपछि घर फर्केका छन् । अन्य देशको तुलनामा नेपालमा निको हुने संक्रमितको संख्या निकै कम हो । यहाँका अधिकांश संक्रमितमा हालसम्म गम्भीर लक्षण भने देखिएको छैन । कोरोना भाइरसविरुद्धका औषधि र खोप तयार भएका छैनन् । विश्व स्वास्थ्य संगठनसँगै अमेरिका, चीनलगायत मुलुकमा खोप र औषधिको परीक्षण भइरहे पनि नतिजा हात लागेको छैन ।

टाउको दुख्दा र ज्वरो आउँदा सिटामोल दिइन्छ । लामो समयसम्म लक्षण रहिरहे एन्टिबायोटिकको प्रयोग गरिन्छ । निश्चित उपचार पद्धति विकास नभएसम्म यसरी नै उपचार गर्नुको विकल्प छैन।

अरूमा भाइरस नसरोस् भनेर कोभिड–१९ का बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्ने गरिन्छ । कोभिड–१९ विरुद्ध खोप र औषधि नभएकै कारण लक्षणअनुसार हाल चलनचल्तीमा रहेका औषधि नै प्रयोग गरिन्छ । त्यसमा रुघाखोकी, ज्वरो, श्वास–प्रश्वासमा समस्याजस्ता लक्षणका आधारमा बिरामीलाई सम्बन्धित औषधि नै दिइने गरेको छ ।

टाउको दुख्दा र ज्वरो आउँदा सिटामोल दिइन्छ । लामो समयसम्म लक्षण रहिरहे एन्टिबायोटिकको प्रयोग गरिन्छ । निश्चित उपचार पद्धति विकास नभएसम्म यसरी नै उपचार गर्नुको विकल्प छैन ।

शरीरमा भाइरस देखिनेबित्तिकै पिसिआर रिपोर्टले पोजिटिभ देखाउँछ । तर, बिरामीमा देखिने जटिलताका आधारमा भाइरस सक्रिय छ कि छैन भन्ने मापन गरिन्छ । संक्रमणबाट मृत्यु भएको पुष्टि भएका व्यक्तिमा पनि भाइरसको सक्रियता या निष्क्रियता मापन गर्ने आधार छैन ।

भाइरसको प्रकृति

भाइरस संक्रमणको उपचार भाइरसको प्रकृतिका आधारमा फरक–फरक हुन्छ । जस्तो-आरएनए भाइरस पनि समय र ठाउँअनुसार भिन्न हुन्छन् । त्यसैले, एउटै भाइरल इन्फेक्सनका लागि समयसँगै खोपहरू परिवर्तन गर्नुपर्छ ।

खोप दिनुको अर्थ शरीरमा भएका भाइरसलाई मार्र्नु हो भन्ने आमधारणा पाइन्छ, जुन गलत हो । भाइरल इन्फेक्सनको उपचारको अर्थ शरीरमा भाइरसको संख्यात्मक वृद्धिलाई रोक्नु हो । अर्थात् औषधि, खोप र रोकथामका अन्य उपायबाट शरीरमा भाइरसको संख्या कम गर्दा त्यसले ल्याउने जटिलता कम हुन्छ । र, अन्य व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ ।

खोपको माध्यमबाट त्यही भाइरसलाई शरीरमा पठाइन्छ, जसले शरीरको रोग प्रतिरोधी क्षमतालाई भाइरससँग लड्न तयार गर्छ । भाइरसको संख्या धेरै भएमा औषधिको प्रयोग गरिन्छ । र, औषधिले भाइरसको संख्यात्मक वृद्धिलाई रोक्छ ।