मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
खाँदबारी नगरपालिका–९ तुम्लिटारमा मकै गोड्दै किसान । 
नवीन गुरुङ संखुवासभा
२०७७ जेठ ११ आइतबार २०:१९:००
Read Time : < 1 मिनेट
समाचार

ग्रामीण भेगमा लकडाउनको असर कम, तर कृषि उत्पादनले बजार नपाएको गुनासो

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ जेठ ११ आइतबार २०:१९:००

पूर्वी पहाडी जिल्ला संखुवासभाका ग्रामीण भेगका किसानलाई लकडाउनले ठूलो असर पारेको छैन । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण सरकारले ११ चैतदेखि लकडाउन आह्वान गरेको छ । तर, संखुवासभाका ग्रामीण बस्तीमा सामान्य दिनमा जस्तै घरायसी र कृषिसम्बन्धी कामहरू भइरहेका छन् । स्थानीयवासी घर छाउने, दाउरा काट्ने, खेतबारीका खन्ने, जोत्ने, कोदो रोप्ने, मकै छर्ने र धानको बिउ राख्नेलगायतका काममा व्यस्त छन् ।

जिल्लाका मुख्य बजार खाँदबारी, व्यापारिक केन्द्र चैनपुर, तुम्लिङटार, मुडे, मानेभञ्जाङ, नुम र गोला बजारका मानिस भने घरभित्रै बसेका छन् । भाडामा घर र सटर लिएर व्यापार–व्यवसाय गर्नेहरू भने मारमा परेको गुनासो गर्छन् । कोरोनाका कारण घरभाडा तिर्न नै समस्या भएको खाँदबारीका होटेल व्यवसायी सम्राट चापागाईंले बताए । 

खाँदबारी नगरपालिका– ४ सेकाहाका किसान विष्णुप्रसाद गुरुङले  सामाजिक दूरी कायम गर्दै खेतिपातीमा लागेको बताए । उनी भन्छन्, ‘अब बर्खा लागिसक्यो । किसानका लागि यो समय बिउ राख्ने समय हो । अहिले बिउ राखे मात्रै असारमा खेत रोप्न पाइन्छ ।’ 

कृषि उत्पादनले बजार नपाएको गुनासो
खाँदबारी– ४ का जनप्रतिनिधि जितबहादुर गुरुङले लकडाउनका कारण गाउँमा उत्पादित वस्तुले बजार नपाउँदा समस्या भइरहेको बताए । यद्यपि, सदरमुकाम खाँदबारी र आसपासमा सामाजिक दूरी कायम गर्दै उपभोक्ता, व्यापारी तथा व्यवसायीलाई किनमेल गर्न बिहान–बेलुकी छुट दिने गरेको उनको भनाइ छ ।