१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डा. चन्द्रमान श्रेष्ठ
२०७७ जेठ ११ आइतबार १९:१३:००
Read Time : > 3 मिनेट
साहित्य

आदर्शको सुन्दर बिम्ब ‘सुनको पहाड’

Read Time : > 3 मिनेट
डा. चन्द्रमान श्रेष्ठ
२०७७ जेठ ११ आइतबार १९:१३:००

नेपाली साहित्यमा जनयुद्धलाई विषय बनाएर थुप्रै कृति रचना गरिएका छन् र अझै आउने क्रम पनि जारी छ । यही विषयमा आधारित भएर विष्णु भण्डारीद्वारा लेखिएको सुनको पहाड (२०७६) उपन्यास आएको छ । यसअघि उनको पहे“लो घाम (२०७२) उपन्यास प्रकाशित छ । यसमा नेपाली समाजमा चलेको एक दशक लामो जनयुद्धका क्रममा बेपत्ता पारिएका योद्धाहरूको सम्झनामा बा“चेका आफन्तजनको पीडालाई प्रस्तुत गरिएको छ । न सास न लास बनेका बेपत्ताजनको खोजीको मूल कथास“गस“गै नेपाली समाजको पहिचानको मुद्दा, राजनीतिक भ्रष्टीकरण र आदर्श सुन्दर समाजको परिकल्पना जस्ता विविध पक्षलाई लोककथा र स्वैरकल्पनाका माध्यमबाट उपन्यासमा विन्यास गरिएको छ ।

जनयुद्ध नेपाली समाजको निकट इतिहासको एउटा प्रभावशाली परिघटना हो । जनयुद्धका क्रममा राज्य तथा विद्रोही दुवै पक्षबाट थुप्रै मानिस मारिए, थुप्रै मानिस अङ्गभङ्ग भएर घाइते बने, कैयौ“ आफ्नो थातथलोबाट विस्थापित बने भने कैयौ“ बेपत्ता पारिए । इतिहासको पानामा भन्दा हृदयको गहिराइमा युद्धका ती त्रासदी कहिल्यै नमेटिने गरी लेखिएका छन् । यस्तै पीडा बोकेर बा“चिरहेका छन्, बेपत्ता भएकाको आफन्तजन । समुन्नत र समतामूलक समाज निर्माणको अभियानमा लाग्दा बेपत्ता बनेका योद्धाहरूको पक्षमा न त राज्य पक्षले नै कुनै सार्थक पहल ग¥यो, न त तत्कालीन विद्रोही पक्षले नै । आफ्नो सन्तान वा आफन्तजन बेपत्ता हु“दा परिवार वा व्यक्तिमा सृजित मनोदशा र पीडालाई सुनको पहाड उपन्यासमा प्रस्तुत गरिएको छ । एक किसिमले भन्ने हो भने सुनको पहाड उपन्यास बेपत्ताजनको खोजीका लागि गरिएको सङ्घर्षको ऐतिहासिक दस्तावेजीकरण हो । 

उपन्यासकी मुख्य पात्र कञ्चन बेपत्ता पारिएको आफ्नो पति वरुणको खोजीमा भौ“तारि“दै अनेकौ“ चुनौती र सङ्घर्षलाई आत्मसात् गर्दै अघि बढ्छे । उसको यस कार्यमा बेपत्ता पारिएकी प्रेमिकाको खोजीमा भौ“तारि“दै हि“डेको सचिनले साथ दिएको छ । दुवैको पीडा र उद्देश्य एउटै छ– बेपत्ता आफन्तजनको वियोगजनित पीडामा छटपटाउ“दै उनीहरूको खोजी गर्नु । युद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट कैयौ“लाई बेपत्ता बनाइएको यथार्थ उपन्यासमा देखाइएको छ । वरुण, मञ्जिला, अविराम, उपमाजस्ता योद्धाहरूलाई राज्यका तर्फबाट बेपत्ता पारिएको छ भने कर्नेल धीरजंगको छोरोलाई विद्रोहीका तर्फबाट बेपत्ता पारिएको छ । बेपत्ता भएको वर्षौं भइसक्दा पनि भेटिन्छ कि भन्ने झिनो आशा उनीहरूको हृदयमा अझै बा“की नै रहेको छ । त्यही आशाको झिनो तन्तुमा बा“चेका आफन्तजनको पीडालाई प्रस्तुत गर्नु उपन्यासकारको अभीष्ट देखिन्छ । 

माओवादी जनयुद्धको बलमा ०६२÷६३ को जनआन्दोलनपछि नेपाली समाजका हरेक जातिहरू आफ्नो गुमेको पहिचानको खोजीमा जागरुक भएको पाइन्छ । यद्यपि, नेपाली समाजमा पहिचानको मुद्दा अहिले केही कमजोर बनेको छ । नेपाली समाजमा स्थापित यही पहिचानको मुद्दालाई सुनको पहाड उपन्यासले सशक्त ढङ्गले प्रस्तुत गरेको छ । इतिहासमा तामाङ जातिको आफ्नै गौरवपूर्ण इतिहास रहेको थियो । अनेक षड्यन्त्र गरेर तामाङ जातिको त्यो गौरवपूर्ण विरासतलाई खोस्ने काम गरियो । आफ्नो राज्य खोसिएपछि पहिचान गुमाउन पुगेका उनीहरू लामो समयसम्म पहिचानविहीनताको अवस्थामा बा“च्नुप¥यो । आफ्नै भूमिमा दास बनेपछि नीमाका जिजु हजुरबुबा आफ्नो जातिको गौरवपूर्ण इतिहास कथाका माध्यमबाट सुनाउ“दै हि“ड्छ । नीमा पनि आफ्नो जातिको गुमेको पहिचान प्राप्तिका लागि गोल्डेन वारमा संलग्न भएकी छ । जनयुद्धले पहिचानको मुद्दालाई स्थापित गरिदिएको यथार्थ उपन्यासमा प्रस्तुत गरिएको छ । 

नेपाली राजनीतिको कुरूपतालाई प्रस्तुत गर्नु उपन्यासको अर्को महŒवपूर्ण पाटो हो । खासगरी नेपाली माओवादी आन्दोलनको उद्देश्य र प्राप्तिलाई प्रस्तुत गर्दै पछिल्लो समयमा भएको आन्दोलनको विसर्जनलाई उपन्यासमा अति नै सटिक ढङ्गले प्रस्तुत गरिएको छ । आन्दोलनमा घात गर्ने महिमा र फत्तेमानजस्ता पात्रहरू सत्तामा पुगेर मन्त्री बनेका तर आन्दोलनका लागि आफ्नो सर्वस्व त्याग गरेका वरुण जस्ता असल कार्यकर्तालाई नेतृत्वले नचिनेको तथा भूत भनेर अपमान र घृणा गरेको दुःखद अवस्था उपन्यासमा देखिन्छ । सुनको पहाड प्राप्तिका लागि गरिएको सङ्घर्ष गोल्डेन वारका नेता मेघदूत शान्ति सम्झौतामार्फत क्रान्तिलाई सम्झौतामा टुङ्ग्याउ“छन् । क्रान्तिकै बलमा राज्यको शासन व्यवस्थामा परिवर्तन आएको तर शासकको प्रवृत्तिमा कुनै परिवर्तन नआएको कुरा उपन्यासमा प्रस्तुत गरिएको छ । पछिल्लो समय माओवादी आन्दोलन दिशाहीन बन्न पुगेको कुरालाई पनि उपन्यासमा प्रस्तुत गरिएको छ । उपन्यासकार भण्डारी माओवादी आन्दोलनको पछिल्लो अवस्था, गति र दिशाप्रति तीव्र असन्तुष्टि प्रकट गर्दछन् । नेतृत्वको भ्रष्टीकरणस“गै माओवादी आन्दोलन महापतनको मार्गमा अघि बढेको विचार उपन्यासमा प्रस्तुत भएको छ । उपन्यासको अन्त्यमा वरुणको मृत्युस“गै नीमाको पेटभित्र विद्रोहको नया“ प्रस्तावना हुर्कंदै गरेको सङ्केत गरेर उपन्यासकारले क्रान्ति र विद्रोह नया“ रूपमा उठान हुने कुराको सङ्केत गरेका छन् । 

उपन्यासमा नया“ समाजको परिकल्पना पनि गरिएको छ । एक किसिमले त्यो समाज हाम्रो संविधानले परिकल्पना गरेको समाजवादी समाज पनि हो । बेपत्ता भएका आफन्तको खोजीमा भौ“तारिइरहेका कञ्चन र सचिन सुरुङभित्रको नया“ संसारमा पुग्छन् । त्यहा“ दास विद्रोहको नेतृत्व गर्ने प्राचीन रोमका स्पार्टाकसदेखि भारतीय उपमहाद्वीपमा विद्रोहको नेतृत्व गर्ने विभिन्न व्यक्तिहरूस“ग उनीहरूको भेट हुन्छ । युधिष्ठिरको राज्यमा पिटीपिटी मारिएका पौराणिक पात्र चार्वाक ऋषिदेखि भारतीय स्वतन्त्रता आन्दोलनका नायक सुभाषचन्द्र बोस, चारु मजुमदारलगायत नेपाली विद्रोहका नायक थिरबम मल्ल, भीमदत्त पन्त, गङ्गालाल, शुक्रराज, सुरेश वाग्ले, चुनु गुरुङहरू सबै त्यही“ भेटिन्छन् । श्रमको उच्च सम्मान हुने त्यस नया“ संसारमा छुवाछूत, भेदभाव, शोषण, उत्पीडन केही छैन । अति नै विकसित त्यस ठाउ“मा सबै काम रोबोटले गर्छन् । एकैछिनमा एक ग्रहबाट अर्को ग्रहसम्म पुग्ने अत्याधुनिक यानहरू त्यहा“ देख्न पाइन्छ । यस्तो आदर्श समाजको परिकल्पना गरेर उपन्यासकारले सुनको पहाड प्राप्तिका लागि गरिएको सङ्घर्ष त्यसैका लागि भएको भन्दै जनयुद्धको औचित्य स्थापित गर्ने प्रयास गरेका छन् । यद्यपि शान्ति सम्झौतापछि भने जनयुद्धको कार्यदिशा दिग्भ्रमित भएको उपन्यासकारको निष्कर्ष रहेको छ । 

उपन्यासको सबैभन्दा सशक्त पक्ष भनेको यसको भाषाशैली हो । काव्यात्मक भाषाशैलीको सुन्दर प्रयोग उपन्यासको प्राप्ति हो । उपन्यासमा विभिन्न जटिल कथाहरूलाई प्रस्तुत गर्न लोककथा तथा स्वैरकल्पनाको सहारा लिइएको छ । सुनको पहाड आफै“मा एक लोक बिम्ब हो । यसलाई कसैले स्थूल र मूर्त वस्तु ठानेका छन् भने कसैले सुन्दर र समुन्नत समाजको प्रतिबिम्बका रूपमा बुझेका छन् र त्यसैको प्राप्तिमा वर्षौंदेखि सङ्घर्षशील रहेका छन् । दृश्यात्मक तथा कवितात्मक भाषाशैलीको प्रयोगले उपन्यासलाई निकै रोचक बनाएको छ । उपन्यास पढ्दै जा“दा पाठकलाई चलचित्रका दृश्य हेरेको अनुभूति हुन्छ । कतिपय ठाउ“मा यथार्थको प्रस्तुतिका लागि स्वप्नबिम्बको सुन्दर प्रयोग गरिएको छ । शैलीका दृष्टिले उपन्यासकार भण्डारी ल्याटिन अमेरिकी उपन्यासकार ग्याब्रियल गार्सिया मार्केजको जादुई यथार्थ (म्याजिक रियालिज्म) बाट बढी नै प्रभावित देखिन्छन् । यथार्थको प्रस्तुतिका लागि यस प्रकारको अतिशय स्वैरकल्पना र जादुई शैलीको प्रयोग गर्नुभन्दा यथार्थवादी शैलीकै अनुसरण गरेको भए उपन्यास अझ विश्वसनीय र यथार्थपरक बन्ने थियो । प्रगतिवादी उपन्यासमा यस किसिमको प्रयोग आफै“मा नौलो हो । यसले माक्र्सवादी समालोचकहरूबाट ठूलो आलोचनाको सामना गर्नुपर्ने देखिन्छ । उपन्यासमा कर्नेल धीरजंगको आत्मग्लानि र पश्चातापको पक्ष पनि त्यति विश्वसनीय लाग्दैन । नेपाली समाजमा धीरजंग जस्ता पात्रहरू कमै मात्रामा पाइन्छन् । यस्ता केही कमीकमजोरी हु“दाहु“दै पनि सुनको पहाड उपन्यास नेपाली समाजको निकट इतिहासलाई उजागर गर्न सफल भएको छ ।