१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ जेठ ११ आइतबार १४:५०:००
Read Time : < 1 मिनेट
समाचार

लुकीछिपी यार्सागुम्बा संकलन गरिरहेको अवस्थामा दुईजना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ जेठ ११ आइतबार १४:५०:००

यार्सागुम्बा तस्करी गरेको आरोपमा प्रहरीले डोल्पाको काइके गाउँपालिका– १ ठाँगेपाटनबाट दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा छिमेकी जिल्ला रुकुम पूर्वको पुथाह उत्तरगंगा गाउँपालिका– १ मैकोटका २६ वर्षीय सुवजित विक र ४२ वर्षीय छायाबहादुर विक रहेकाे प्रहरीले जनाएको छ।

यार्सा संकलनका लागि खुला नगरिएको पाटनमा लुकीछिपी प्रवेश गरेर यार्सा संकलन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरी सहायक निरीक्षक धीरेन्द्र जोशीको नेतृत्वमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट एक सय पाँच थान यार्सागुम्बा बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउपछि उनीहरूलाई सदरमुकाम दुनै पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए। उनीहरूलाई डिभिजन वन कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न स्थानीय प्रशासनले डोल्पामा यार्सा संकलनमा रोक लगाएको छ। अहिले जिल्लाभरिका सम्पूर्ण यार्सापाटन बन्द अवस्थामा छन्। 

बहुमूल्य जडीबुटीको रूपमा रहेको यार्सागुम्बाको अवैध चोरी–निकासी रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सामुदायिक वनका पदाधिकारीले जिल्लामा गस्ती गरिरहेका छन्।