मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ जेठ ११ आइतबार १३:५७:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना संक्रमणको विषयमा भ्रामक हल्ला फिँजाएको आरोपमा पक्राउ

Read Time : < 1 मिनेट
२०७७ जेठ ११ आइतबार १३:५७:००

पूर्वसांसद एवं सत्तारुढ नेकपाका नेता अनन्त पौडेल र कोरोना संक्रमित उनकी श्रीमतीका विषयमा सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको आरोपमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

नेता पौडेलका विषयमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा बाराको निजगढ नगरपालिका- १२ रतनपुर घर भएका नितेश रिजाललाई प्रहरीले पक्राउ गरेको हो। राससका अनुसार रिजाललाई वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले हेटौँडा-५ भैरवरोडबाट आइतबार पक्राउ गरेको हो।

रिजालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा हेटौँडा- ३ की कोरोना संक्रमित महिला पूर्वसांसद पौडेलकी श्रीमती भएको भन्दै घरमा क्यानडाबाट आएकी छोरीले पार्टी दिएको स्ट्याटस पोष्ट गरेका थिए। 

‘सूर्यले हेटौँडा डुबाउँदै छ’ भन्ने अफवाह फैलाउने भ्रामक भिडियो पोष्ट गरेको कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।