१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ ११ आइतबार १२:५७:००
Read Time : < 1 मिनेट
समाचार

आइतबार दिने भनिएको सार्वजनिक बिदा सोमबारका लागि सर्‍याे 

Read Time : < 1 मिनेट
२०७७ जेठ ११ आइतबार १२:५७:००

मुस्लिम समुदायले मनाउने इद उल फित्रका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ। यसअघि यो पर्वका अवसरमा सरकारले आज (आइतबार)का लागि बिदा घोषणा गरेको थियो। 

तर, नेपाल र दक्षिण एसियाबाट शनिबार चन्द्रमा नदेखिएको भन्दै मुस्लिम आयोगले बिदाको दिन परिवर्तन गर्न सरकारलाई अनुरोध गरेको थियो। सोही अनुरोधको आधारमा सार्वजनिक बिदा सच्याइएकाे गृह मन्त्रालयले जनाएको छ। 

गृह मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गरी बिदाको दिन सच्याइएको जनाएको हो। ९ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम समुदायको इद उल फित्र पर्वका अवसरमा आइतबार (११ जेठमा) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। 

तर, शनिबार आकाशमा चन्द्रमा नदेखिएको भन्दै बिदा सच्याउन मुस्लिम आयोगबाट अनुरोध आएकाले जेठ ११ को सट्टा १२ गते सोमबारका दिन सार्वजनिक बिदा कायम गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।