१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ जेठ ११ आइतबार १२:३३:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा एकैदिन ६ हजारभन्दा बढीमा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ ११ आइतबार १२:३३:००

भारतमा पछिल्लो २४ घन्टामा ६ हजार सात सय ६७ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तीन दिनदेखि लगातार दैनिक ६ हजारको आसपासमा संक्रमित भेटिएका छन् । सोही अवधिमा मृत्यु हुनेको संख्या एक सय ४७ छ । 

हालसम्म भारतभर एक लाख ३१ हजार आठ सय ६८ जना संक्रमित भएका छन् । यीमध्ये ५४ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । देशभर मृत्यु हुनेको संख्या  तीन हजार सात सय पुगेको छ । 

वरिष्ठ चिकित्सकको मृत्यु
दिल्लीका वरिष्ठ चिकित्सक डा. जितेन्द्रनाथ पाण्डेयको कोरोना भाइरसको संक्रमणका कारण शनिबार मृत्यु भएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार ७९ वर्षीय चिकित्सक जितेन्द्र दिल्लीस्थित एम्स पल्मोनोलोजी विभागका निर्देशक थिए । 

डा. जितेन्द्र र उनकी पत्नीको मंगलबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । पाण्डेयमा संक्रमणको हल्का लक्षण देखिएको थियो र घरमै आइसोलेसनमा बस्ने निर्णय गरेका थिए । 

यस्तै, अभिनेता किरण कुमार पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । ७४ वर्षीय अभिनेता किरणमा संक्रमणको कुनै लक्षण देखिएको छैन र उनी आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छन् ।