मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ११ आइतबार ११:३८:००
Read Time : < 1 मिनेट
समाचार

एक क्विन्टल गाँजा बरामद

Read Time : < 1 मिनेट
२०७७ जेठ ११ आइतबार ११:३८:००

सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– १ बाट प्रहरीले शनिबार राति एक क्विन्टल गाँजा बरामद गरेको छ।
 
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भगवानपुर प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले गाँजा बरामद गरेको हो। चारवटा बोरामा प्याक गरेको अवस्थामा एक क्विन्टल गाँजा बरामद भएको प्रहरीले जनाएको छ। गाँजा बोकेर हिँड्दै गरेका चारजना प्रहरीलाई देख्नेबित्तिकै बोरा फालेर भागेका थिए।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। बरामद गाँजा  लहानस्थित इलाका प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विनोदकुमार घिमिरेले जानकारी दिए। 

११ चैतमा लकडाउन सुरु भएयता जिल्लाका विभिन्न ठाउँबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेकाहरूविरुद्ध ११ वटा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।