Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ११ आइतबार ०६:०९:००
Read Time : < 1 मिनेट
अर्थ

एनएमबि बैंकले सञ्चालन गर्‍यो विशेष सुविधासम्पन्न कर्पोरेट इन्टरनेट बैंकिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ११ आइतबार ०६:०९:००

लकडाउनको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै एनएमबि बैंकले परिष्कृत सेवासहितको कर्पोरेट इन्टरनेट बैंकिङ सञ्चालन गरेको छ । एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ सुविधा प्रयोग गरी आफ्नो बैंक खातामा अनलाइन कारोबारलगायत अन्य धेरै कार्यहरू सहजै गर्न सकिने बैंकले जनाएको छ । 

बैंकले कर्पोरेट इन्टरनेट बैंकिङ माध्यमलाई नयाँ र आकर्षक सुविधाका साथ प्रस्तुत गरेको छ । यो सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने प्रयास रहेको बैंकले जनाएको छ । बैंकको इन्टरनेट बैंकिङको माध्यमबाट ठूलादेखि साना कर्पोरेट हाउसहरूले घर वा कार्यालयबाटै हरेक वित्तीय आवश्यकताहरू तत्कालै प्राप्त गर्न सक्नेछन् । 

एनएमबि बैंकको उक्त सरल र प्रभावकारी योजनाबाट एक बृहत् कारोबारजस्तै आफ्नो खाताको विवरण हेर्न, सबस्क्राइब गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सकिनेछ । सेवामार्फत बैंकसम्म धाउनुपर्ने झन्झटबाट मुक्त भई निश्चित समयमै तलब पोस्टिङ, कुनै पनि बैंकको कुनै पनि खातामा रकम स्थानान्तरण गर्न, ट्रेड फाइनान्स, कर्जा प्रोसेसिङलगायत अन्य विभिन्न व्यावसायिक कार्यहरूसम्बन्धी सेवा लिन सकिने बताइएको छ ।