मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ११ आइतबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ

हाई लाइफ फुडद्वारा क्वारेन्टाइनमा बसेकालाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ११ आइतबार ०६:१०:००

रुपन्देहीमा रहेको हाई लाइफ फुड प्रोडक्ट प्रालिले कोरोना भाइरसका कारण भारतबाट फर्केर आई क्वारेन्टाइनमा बसेकाहरूको दैनिक खानपिनका लागि आफ्ना उत्पादनहरू वितरण गरेको छ । कम्पनीले आफ्नै उद्योगबाट उत्पादित चिउरा, सोयाबिन मस्यौरा, कर्नफ्लेक्स, ओट्सलगायतका खाद्य सामग्री सहयोग गर्दै आएको हो । 

कम्पनीले कान्ति माविको क्वारेन्टाइनमा रहेका १ सय १० जनाका लागि मिश्रित खाद्यान्न प्याकेज उक्त वडाका वडाध्यक्ष टंकप्रसाद पराजुलीलाई हस्तान्तरण गरेको जनाएको छ । 

त्यस्तै, तिलोत्तमा–२, स्थित दुर्गादत्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ४५ जना व्यक्तिका लागि त्यस वडाका वडाध्यक्ष दधिराम गौतमलाई खाद्य सामग्री हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

यसअघि पनि सियारी गाउँपालिका वडा नंं. १ का ३ सय विपन्न परिवारलाई एक सातालाई पुग्ने गरी उक्त वडाका वडाध्यक्ष अरुण साहीमार्फत खाद्य सामग्री हस्तान्तरण गरिसकेको र कम्पनीले वेलाबखतमा यस्ता सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक प्रशान्त घिमिरेले बताए । 

उक्त कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन भएको र उत्पादित वस्तु नेपाल अधिराज्यका साथै विदेशमा पनि हङकङ, मकाउलगायतका देशहरूमा बिक्री–वितरण गर्दै आएको जनाएको छ । हाल अस्ट्रेलिया र अमेरिकामा पनि निर्यात गर्ने प्रक्रियामा रहेको जनाइएको छ ।