मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ जेठ ११ आइतबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ

सनराइज बैंकद्वारा पिपिई र मास्क सहयोग

Read Time : < 1 मिनेट
२०७७ जेठ ११ आइतबार ०६:१०:००

सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई सहयोग गरेको छ । बैंकले चितवन मेडिकल कलेजलाई २० थान र महाभारत गाउँपालिकालाई १० थान पिपिई हस्तान्तरण गरेको हो । 

बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी विमल ज्ञवालीलाई पिपिई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा सीमित स्रोत–साधनका साथ अस्पतालका डाक्टर र नर्सहरूले संक्रमण नियन्त्रणका लागि निभाएको भूमिकाको प्रशंसा गरेका थिए ।