१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ जेठ ११ आइतबार ०७:५८:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो, ९७ हजारको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ ११ आइतबार ०७:५८:००

अमेरिकामा कोरोना भाइरसबाट १६ लाख २१ हजार ६ सय ५८ मानिस  संक्रमित भएका छन् । संक्रमितमध्ये ९७ हजार ४८ को मृत्यु भएको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको राज्य न्युयोर्कमा मार्चदेखि यता पहिलोपटक मृत्यु हुनेको संख्या एक सयभन्दा तल झरेको छ । 

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले बताएअनुसार गएको २४ घन्टामा त्यहाँ ८४ जनाको मृत्यु भएको छ । शनिबार भने एक सय आठजनाको मृत्यु भएको थियो ।

अप्रिल महिनाभर हरेक दिन औसत एक हजार मानिसको मृत्यु भएको थियो । न्युयोर्कमा भाइरस संक्रमण कम हुँदै गए पनि अमेरिकाभर बढिरहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म १६ लाख २१ हजार ६ सय ५८ मानिस भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये मृत्यु हुनेको संख्या ९७ हजार ४८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर एक हजार एक सय २७ जनाको मृत्यु भएको छ । सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार जुन १ सम्म भाइरस संक्रमणबाट एक लाखभन्दा बढीको मृत्यु हुन सक्नेछ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै मृत्यु भएको छ । अमेरिकापछि बेलायतमा ३६ हजार सात सय ५७ को मृत्यु भएको छ ।  

अमेरिकामा सर्जन जनरल जेरोमी एडम्सले महामारीबाट अरूलाई बचाउन मास्क लगाउन जरुरी रहेको बताएका छन् । विश्वभर भाइरसबाट ५२ लाख ७० हजार दुई सय ४४ जना संक्रमित भएका छन् भने तीन लाख ४० हजारको मृत्यु भएको छ ।