मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ११ आइतबार ०६:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोभिड-१९ : चीनमा बन्दै गरेको खोपप्रति आशा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ ११ आइतबार ०६:५६:००

- कोभिड-१९ को महामारी नियन्त्रणका लागि संसारभर विभिन्न अध्ययन र प्रयोग भइरहेका छन् । तीमध्येको हो, चीनमा भइरहेको भ्याक्सिन बनाउने प्रयास । सुरुवाती परीक्षणमा यो भ्याक्सिन प्रभावकारी देखिएको वैज्ञानिकहरूको दाबी छ ।

मेडिकल जर्नल ‘लान्सेट’मा प्रकाशित शोधअनुसार १८ देखि ६० वर्षसम्मका एक सय आठजनामा गरिएको परीक्षणमा खोपको एक डोजले दुई साताभित्र ‘टी सेल्स’ भनिने प्रतिरक्षा कोषहरू उत्पादन भएको पाइएको छ ।

- मेडिकल जर्नल ‘लान्सेट’मा प्रकाशित शोधअनुसार १८ देखि ६० वर्षसम्मका एक सय आठजनामा गरिएको परीक्षणमा खोपको एक डोजले दुई साताभित्र ‘टी सेल्स’ भनिने प्रतिरक्षा कोषहरू उत्पादन भएको पाइएको छ । 

- तर, यो प्रारम्भिक परीक्षण मात्र भएको वैज्ञानिकहरूले बताएका छन् । यो खोप कोरोना भाइरसविरुद्ध उपयोगी भएको प्रमाणित हुन अझै धेरै परीक्षण आवश्यक भएको उनीहरू बताउँछन् ।

- यो खोप तयार पार्न वैज्ञानिकहरूले ‘एड–५’ (एडेनोभाइरस–५) को प्रयोग गरेका छन् । यो भाइरसलाई शरीरमा प्रवेश गराएपछि मानव कोषले कोरोना भाइरसविरुद्ध प्रोटिन बनाउन थाल्छ । र, त्यसबाट शरीरमा कोरोना भाइरसविरोधी प्रतिरक्षा प्रणाली विकास हुन्छ ।

- तर, ४५ देखि ६० वर्षका व्यक्तिहरूमा कमजोर प्रकारको प्रतिरक्षा प्रणाली विकास भएको पाइएकाले कतिपय वैज्ञानिकले यो प्रयोग पनि सफल नहुने आशंका व्यक्त गरेका छन् । त्यसभन्दा माथिको उमेर समूहमा अझ कमजोर प्रतिरक्षा प्रणाली बन्ने उनीहरूको मत छ ।

- यो भ्याक्सिनको प्रभाव कतिन्जेल रहन्छ भन्ने पनि पुष्टि भएको छैन । अनुसन्धानकर्मीहरूले प्रयोग गरेका तीनमध्ये माथिल्लो डोज बढी प्रभावकारी देखिएको छ ।

- परीक्षण गरिएका व्यक्तिमा ज्वरो आउने, थकान महसुस हुने, टाउको र मांसपेसी दुख्नेलगायत साइड इफेक्ट पनि देखिएका छन् ।