मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २१ बुधबार
  • Wednesday, 03 June, 2020
२०७७ जेठ १० शनिबार २१:५६:००
समाचार

नागरिकहरुको ज्यान जोगाउने र रोजगारी दिने बजेट ल्याउन कोमविसापको सुझाव

२०७७ जेठ १० शनिबार २१:५६:००

विभिन्न क्षेत्रका विज्ञ तथा राजनीतिज्ञ सम्मिलित कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल (कोमविसाप)ले आर्थिक वर्ष २०७७-७८ को बजेटको लागि सुझावसहितको पोलिसी मेमो राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थमन्त्रीमार्फत सरकारालाई बुझाएको छ । 

हालै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको समीक्षा गर्दै १५ जेठमा प्रस्तुत गर्ने बजेटको लागि संक्षिप्त सुझाव कोमविसापले प्रस्तुत गरेको हो । 

कोमविसापले भनेको छ 'सरकारले जारी गरेको यस आर्थिक वर्षको नीति तथा कार्यक्रमले कोरोना महाव्याधीले पारिरहेको असर र विभिन्न परिदृश्यमा पार्न सक्ने बहुआयामिक प्रभावका बारेमा आवश्यक संवेदनशीलता नदेखाइएको पाइएको छ । तर, कोरोना भाइरसका कारण एशियाली मुलुकहरुमध्ये सबैभन्दा गम्भीर आर्थिक क्षति हुने देशमा नेपाल पनि पर्ने प्रक्षेपण सार्वजनिक भएको छ । तसर्थ, बजेटले मानवीय संकटको यस घडीमा नागरिकहरुको ज्यान जोगाउने, जोखिममा रहेका नागरिकहरुको न्यूनतम जीविकोपार्जनलाई यथोचित सम्बोधन गर्ने र व्याप्त निराशाको वातावरणमा आशा भर्न सक्ने रोजगारी केन्द्रित कार्यक्रम ल्याउनैपर्छ ।'