मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १० शनिबार २०:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नारायणकाजीको प्रश्न–बजेट बनाइसकेपछि औपचारिकताका लागि किन बोलाउनु ?, वामदेवको सुझाव–जग्गा भाडामा लिएर खेती गर्नेगरी बजेट

Read Time : < 1 मिनेट
२०७७ जेठ १० शनिबार २०:४३:००

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बोलाइएको नेकपाको केन्द्रीय सचिवालय बैठक केवल अनौपचारिक छलफलमा सिमित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित बैठकको अध्यक्षता नगरे पनि अनौपचारिक छलफलको संचालन भने अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संचालन गरेका थिए ।

एमसिसी परियोजनाबारे एमसिए नेपालको प्रस्तुतीबाट शुरु भएको अनौपचारिक बैठक केही नेताहरुको सामान्य जिज्ञासापछि पहिलो चरण सकिएको थियो । नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एमसिए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्ट बाहिरिएपछि नेताहरुबीच एमसिसी परियोजना र बजेटमा केन्द्रित रहेर केहीबेर सामान्य छलफल भएको एक नेताले बताए ।

बजेटको प्रसंग आउने बितिक्कै प्रवक्ता नारायणकाजी श्रेष्ठले सबै बनाइसकेर सुझाव लिनुको कुनै औचित्य नरहेको भन्दै छलफल स्थगित गर्न माग गरे । ‘बजेट बनाइसकेपछि औपचारिकता मात्र पूरा गर्न हामीलाई बोलाएर सुझाव माग्नुको के अर्थ छ ?’, श्रेष्ठको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘सबै कार्यक्रम बनाइसकेर अंक(रकम बाँड्न) मात्र राखेपछि अब छलफल गरौं भनेर हामीलाई किन बोलाउनु ?’

श्रेष्ठले त्यसरी आपत्ति जनाए पनि उपाध्यक्ष गौतमले भने एकसरो सुझाव दिन भ्याए । ‘आर्थिक वर्षको बजेट कृषि केन्द्रित ल्याउनुपर्छ’, अझ अघि बढेर गौतमले सुझाव दिए ‘देशभरीका खाली जग्गा खोजेर सरकारले भाडामा लिनुपर्छ, त्यहाँ माटो अनुसारको उत्पादन हुनेगरी खेती गर्नका लागि सरकारले आवश्यक बजेट छुट्याउनुपर्छ ।’ गौतमबाहेक अन्य नेताहरुले भने सुझाव दिन आवश्यक ठानेनन् । 

गत ६ जेठमा नीति तथा कार्यक्रमका लागि पनि नेकपाको सचिवालय बैठक बिहान केहीबेर बसेपछि साँझ संसदमा प्रस्तुत भएको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र श्रेष्ठसहितका नेताहरुले नीति तथा कार्र्यक्रममा लिम्पियाधुरासम्मको भारतले अतिक्रमित गरेको भूमि समेटेर नक्सा सार्वजनिक गर्ने विषय नीति तथा कार्यक्रममा समेट्न सुझाव दिएका थिए ।