मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ जेठ १० शनिबार १७:०५:००
Read Time : < 1 मिनेट
समाचार

डडेल्धुराका कोरोना संक्रमित व्यक्ति सरकारी कर्मचारी, आवाससँगै चार कार्यालय सिल 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ जेठ १० शनिबार १७:०५:००

कोरोना भाइरस पोजेटिभ देखिएका डडेल्धुराका एक व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । कोरोना संक्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामस्थित कार्यालयमा कार्यरत छन् ।

उनी डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका थिए । स्क्रब टाइफसको परीक्षणपछि उनी औषधि लिएर घर गएका थिए । उनको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । नमुना परीक्षणमा उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।  

संक्रमितसँग सम्पर्कमा आएका कर्मचारी, सञ्चारकर्मी, होटेल सञ्चालक र डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीसहित एक सय ५० जनाको स्वाब परीक्षण गरिएको छ भने २० जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए । साथै चिकित्सकसहित सातजनालाई आइसोलेसनमा राखिएको उनले जानकारी दिए ।

डडेल्धुरामा भारतबाट फर्किएका सबै नागरिकलाई स्थानीय तहहरूले क्वारेन्टाइनमा राखेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।  बिहीबार मात्रै पनि दुई सय ८८ जनालाई क्वारेन्टाइनबाट घर पठाइएको छ भने शनिबार ६ सय २६ जना जिल्लाका सातवटा स्थानीय तहको क्वारेन्टाइनमा रहेको पन्तले बताए ।