१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ जेठ १० शनिबार १५:१५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कर्णालीमा कोरोना संक्रमितको संख्या चार पुग्यो 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ जेठ १० शनिबार १५:१५:००

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या चार पुगेको छ । कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत सोमबार दैलेखका एकजनामा कोरोना पुष्टि भएको थियो । शनिबार कोरोना पुष्टि भएका थप तीनजना सुर्खेतका रहेका छन् । सुर्खेतमा फेला परेका कोरोना संक्रमित दुईजना बराहताल गाउँपालिका र एकजना चौकुने गाउँपालिकाको रहेको र उनीहरू सबै भारतबाट आएको बताइएको छ ।

बिहीबार भारतबाट आएका १५ नेपालीमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ आएको हो । ‘आरडिटी गर्दा पोजेटिभ देखिएकामध्ये तीनजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ,’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काले भने, ‘पिसिआरमा पोजेटिभ देखिएका तीनजनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’

बिहीबार भारतबाट फर्किएका १६ सय नागरिकमध्ये बबईमा सात सय ४० जनाको आरडिटी परीक्षण गरिएको थियो । अहिले चारैजनाको उपचार प्रदेश अस्पताल सुर्खेतमा भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक खड्काले जानकारी दिए ।