मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
नवीन गुरुङ संखुवासभा
२०७७ जेठ १० शनिबार १४:३८:००
Read Time : < 1 मिनेट
समाचार

हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ पठाइएकी सुत्केरीको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ जेठ १० शनिबार १४:३८:००

सिकिस्त बिरामी भएपछि शुक्रबार संखुवासभाबाट सेनाको हेलिकोप्टरमार्फत काठमाडौ पठाइएकी सुत्केरीको उपचारको क्रममा मृत्यु भएको छ ।

खाँदबारी नगरपालिका–६ पाङ्ठाकी ३२ वर्षीय गंगा कार्कीको काठमाडौको थापाथलीस्थित प्रसूति गृहमा उपचारको क्रममा शुक्रबार राति करिब साढे १० बजे मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए ।

गत ४ जेठमा प्रसव पीडाले अत्याधिक च्यापेपछि जिल्ला अस्पताल खाँदबारी आएकी उनलाई भिडियो एक्सरे गर्दा बच्चा उल्टो बसेको पाइएपछि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको थियो । नोबेल अस्पतालमा शल्यक्रिया गरेर बच्चा निकालिएपछि दुई हप्ता अस्पतालमै बस्नुपर्ने भनिए पनि खर्च धान्न नसक्ने भन्दै उनी बिहीबार बेलुकी घर आइपुगेकी थिइन् ।

जिल्ला अस्पताल खाँदबारीका मेडिकल सुपरीटेन्डेड डा. सुन्दरश्याम झाले उनको शरीरमा रगतको मात्रा अत्यन्तै कम रहेको र अन्य पनि विभिन्न समस्या रहेकाले थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।

दयनीय अवस्थामा रहेकी कार्कीको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यको पहलमा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रममार्फत उद्धार गरिएको थियो ।