मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १० शनिबार १३:१७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

राष्ट्रपति ट्रम्पले प्रयोग गर्न सुझाएको औषधि क्लोरोक्वाइनले कोरोना संक्रमितमा मृत्युको जोखिम बढाएको अध्ययनको ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १० शनिबार १३:१७:००

कोरोना भाइरसविरुद्ध हाइड्रोक्सी क्लोरोक्वाइनको प्रभाव नकारात्मक रहेको अध्ययनले देखाएको छ ।

९६ हजार कोरोना संक्रमितमाथि गरिएको एक अध्ययनले क्लोरोक्वाइन औषधिले संक्रमितमा सकारात्मक नभई नकारात्मक असर पारेको देखिएको छ । 

मलेरियाविरुद्ध प्रयोग गरिने औषधि क्लोरोक्वाइन कोरोनाविरुद्ध प्रयोग गर्न योग्य रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गर्दै आएका छन् ।

शुक्रबार मेडिकल जर्नलमा छापिएको एक रिपोर्टमा क्लोरोक्वाइन दिइएका संक्रमितको मुटुको गति असन्तुलित भएको र मृत्युको जोखिम बढाएको उल्लेख छ । 

९६ हजार संक्रमितमध्ये १५ हजारलाई क्लोरोक्वाइन दिइएको थियो । बाँकी ८१ हजारलाई दिइएको थिएन ।

औषधि दिइएका बिरामीको मुटुको गति अस्थिर भएको र त्यसले धेरै संक्रमितको ज्यान गएको अध्ययनले देखाएको छ ।

ट्रम्पले क्लोरोक्वाइनले कोरोना भाइरसविरुद्ध काम गर्ने भन्दै धेरैलाई प्रयोग गर्न सुझाब दिँदै आएका छन् । 

गत मंगलबारको पत्रकार सम्मेलनमा क्लोरोक्वाइन प्रयोग गरिरहेकोसमेत उनले बताएका थिए ।

अहिलेसम्म कुनै पनि औषधि वा खोपले कोरोना भाइरसविरुद्ध काम गर्ने गरेको पुष्टि भएको छैन । 

अमेरिकी फर्मा कम्पनी गिलियड साइन्सको औषधि रेम्डेसिभिरले केही सकारात्मक नतिजा देखाएको थियो ।

त्यस्तै मोर्डना कम्पनीले तयार गरेको खोपको पहिलो परीक्षणले पनि सकारात्मक नतिजा देखाएको छ । 

राष्ट्रपति ट्रम्पले प्रयोग गर्न सुझाब दिँदै आएको औषधिले भने सकारात्मक असर नभई नकारात्मक असर पारेको अध्ययनले देखाएको हो ।