Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल फाेटाे
२०७७ जेठ १० शनिबार १३:१४:००
Read Time : > 1 मिनेट
समाचार

काभ्रे र सिन्धुपाल्चोकका ३१ एम्बुलेन्समा जिपिएस जडान

Read Time : > 1 मिनेट
२०७७ जेठ १० शनिबार १३:१४:००

सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यले काभ्रे र सिन्धुपाल्चोकमा सञ्चालनमा रहेका ३१ एम्बुलेन्समा जिपिएस प्रणाली जडान गरिएको छ। स्थानीय प्रशासनले नेपाल रेडक्रस सोसाइटी र जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा दुई जिल्लामा सञ्चालनमा रहेका ३१ एम्बुलेन्समा जिपिएस उपकरण जडान गरेको हो। 

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको समितिले जिल्लामा सञ्चालित सबै एम्बुलेन्सलाई ‘पार्टेसन’ गरेर कोभिड–१९ फ्रेन्डली बनाउने पहलसमेत थालेको राससले जनाएको छ। सेवाग्रहीलाई वेलैमा सेवा प्रदान गर्ने उद्देश्यले एम्बुलेन्समा जिपिएस जडान गरिएको तिमिल्सिनाले बताए।

नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवा प्रमुख भोजराज ओझाले अहिलेसम्म काभ्रेका १७ र सिन्धुपाल्चोकका १४ एम्बुलेन्समा जिपिएस प्रविधि जडान गरिसकेको जानकारी दिए। काभ्रे जिल्लामा ३५ एम्बुलेन्स सञ्चालनमा छन्। त्यसमध्ये पाँच एम्बुलेन्स समितिमा दर्ता नभएको पाइएको छ। त्यसका लागि विधानसहित निवेदन दिन आग्रह गरेको समितिले जनाएको छ। 

सिन्धुपाल्चोकमा २७ एम्बुलेन्स सञ्चालनमा छन्। प्रविधि जडान गर्ने क्रम बन्दाबन्दीका कारण निरन्तरता दिन नसकेको ओझाको भनाइ छ। ‘सबै एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने हाम्रो तयारी छ,’ ओझाले भने, ‘तर, बन्दाबन्दीका कारण जडानमा समस्या भएको छ। हामी यो अभियानलाई निरन्तर जारी राख्छौँ।’

जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रेमा सञ्चालनमा रहेका ३० एम्बुलेन्सलाई कोभिड– १९ फ्रेन्डली बनाउनुका साथै जिपिएस प्रविधि जडान गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए। 

‘प्रविधि जडानभएपछि कुन एम्बुलेन्स कहाँ कस्तो अवस्थामा छ भन्ने पत्ता लगाउन सजिलो भएको जनाएको छ,’ झाले भने। जिपीएसबाट एम्बुलेन्स कुन ठाउँमा कतिको गतिमा गुड्यो भन्नेसमेत जानकारी लिन सकिन्छ। 

यसबाट ढाँट्ने र सेवा दिन हिचकिचाउने प्रवृत्तिको अन्त्य हुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। ‘गुडिरहेको एम्बुलेन्स प्रत्येक १२ सेकेन्डमा कुन ठाउँमा कुन गतिमा गुडिरहेको छ भन्ने कुरा जानकारी लिन सकिन्छ,’ झाले भने।

केन्द्रले एम्बुलेन्सलाई सम्पर्क गर्नु परे आमसर्वसाधारणका लागि १६६०११२२००० टोल फ्री नम्बरसमेत सार्वजनिक गरेको छ। सेवाग्राहीले फोन गरेपछि कुन ठाउँबाट कसलाई सेवा चाहिएको हो, त्यही ठाउँको एम्बुलेन्समार्फत तत्काल सेवा दिने गरी दुईजना २४सै घन्टा काममा खटिँदै आएका छन्।

जिपिएस प्रविधि जडान भएका एम्बुलेन्सको कन्ट्रोल धुलिखेल अस्पतालमा भइरहेको छ। अस्पतालमा डिस्प्ले सेन्टर भनेर दुई एलसिडी राखेर ती सबैको अनुगमन भइरहेको हो। 

जिल्लामा भएकामध्ये चार एम्बुलेन्स ‘ख’ वर्गका २४सै घन्टा सेवा दिने खालका छन्। अरू सबै ‘ग’ वर्गका छन्।