मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ जेठ १० शनिबार १२:२६:००
Read Time : < 1 मिनेट
अर्थ

मध्यनेपाल नगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने

Read Time : < 1 मिनेट
२०७७ जेठ १० शनिबार १२:२६:००

लमजुङको मध्यनेपाल नगरपालिकाले ४० वर्षमुनिका युवाले बाँझो जमिनमा तरकारी तथा फलफूल खेती गरेमा अनुदान दिने भएको छ । 

नगरपालिकाले प्रतिरोपनी पाँच हजार रुपैयाँ दिने निर्णय गरेको हो । बेरोजगार युवाहरूलाई लक्षित गरी स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ । 

नगरपालिकाले बाँझो जमिनमा खेती गरेमा प्रतिरोपनी चार हजार र अरूको जग्गा भाडामा लिएर बाँझो जमिनमा खेती गरेमा पाँच हजार अनुदान दिने नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताए । 

उनले कोराेना महामारीसँगै भविष्यमा खाद्यान्न संकट आउन सक्ने भएकाले नगरभित्रका सबै बाँझो जग्गाको सदुपयोग गर्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाए । 

नगरपालिकाले चालू आर्थिक वर्षमा ‘नगरप्रमुख कृषि आधुनिकीकरण अनुदान कार्यक्रम’ शीर्षकमा छुट्याएको ५० लाख रुपैयाँ अहिलेको अवस्थामा कार्यान्वयन गर्न कठिन भएकाले त्यही रकमलाई बाँझो जमिनको उपयोग योजनामा परिचालन गर्ने जनाएको छ । 

बाँझो जमिनमा खेती गर्न इच्छुकहरूले वडा कार्यालयमार्फत दिएको निवेदन संकलन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर खड्काले बताए  ।