मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १० शनिबार ०९:५०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

थप ३२ जनामा कोरोना : संक्रमितको संख्या पाँच सय ४८ पुग्यो

Read Time : < 1 मिनेट
२०७७ जेठ १० शनिबार ०९:५०:००

नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय ४८ पुगेको छ । शनिबार बिहान थप ३२ जना नयाँ संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या पाँच सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

मन्त्रालयका अनुसार कपिलवस्तुमा एक महिलासहित आठजना, सर्लाहीमा एक महिलासहित १३ जना, बारामा एक महिला, काठमाडौंमा एक पुरुष, रुपन्देहीमा आठ पुरुष र चितवनमा एक पुरुष गरी ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड- १९ प्रयोगशाला, भरतपुरमा परीक्षण गरिएको थियो ।