मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १० शनिबार ०५:०५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना निको हुनेको संख्या ७० पुग्यो,  देशभर पाँच सय १६ संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १० शनिबार ०५:०५:००

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्किने बिरामीको संख्या ७० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मात्रै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा उपचाररत २१ संक्रमित डिस्चार्ज भएका छन् । 

उपचारका लागि भर्ना भएकाहरूको कम्तीमा पनि एक हप्ता निरन्तर रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालले डिस्चार्ज गर्दै आएको छ । शुक्रबार डिस्चार्ज भएका नौ महिला र १२ पुरुषले १७ देखि २० दिनसम्म अस्पतालमा उपचार गराएका थिए । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार संक्रमितको औसत अस्पताल बसाइ २० दिनको छ । 

मन्त्रालयका अनुसार शुक्रबार ५९ जना नयाँ संक्रमित देखिएपछि देशभर संक्रमितको संख्या पाँच सय १६ पुगेको छ । चार सय ४३ जना आइसोलेसमा छन् । ७० जना निको भएर फर्किएका छन् भने तीनजनाको मृत्यु भएको छ । देशभरका क्वारेन्टाइनमा २७ हजार आठ सय २९ जना छन् । त्यस्तै हालसम्म ४२ हजार पाँच सय १७ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ भने ८२ हजार एक सय १६ जनाको आरडिटी परीक्षण भएको छ ।