मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ जेठ ९ शुक्रबार २१:५५:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना संक्रमितलाई जंगलबीचको स्कुलमा राखिएको भन्दै असन्तुष्टि

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ जेठ ९ शुक्रबार २१:५५:००

कोरोना संक्रमित दैलेख आठबिसकोट नगरपालिकाका युवालाई जंगलको बीचमा रहेको विद्यालयको एउटा कोठामा राखिएको भन्दै उपमेयर दीपा बाेहोराले असन्तुष्टि जनाएकी छिन् ।

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि भन्दै प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी मिसन अस्पताल रुकुम पश्चिममा कोरोना विशेष अस्पताल निर्माण गरेको छ । उनले भनिन्, ‘तर, कोरोना संक्रमित युवालाई ती अस्पतालमा नलगी विद्यालयको एउटा कोठामा राख्नु चरम लापरबाही हो ।’

उपमेयर बोहोराले कोरोना संक्रमितलाई मानवीय व्यवहार पनि देखाउन नसक्नु खेदजनक भएको बताइन् । उनले भनिन्, ‘संक्रमितलाई यसरी एकान्त स्थानमा रहेको स्कुलमा एक्लै राख्दा मानसिक रूपमा कस्तो असर पऱ्यो होला ।’

उपचारमा प्रदेश सरकारले चासो नदेखाएको आठबिसकोट नगरपालिका– १ का वडाध्यक्ष प्रवसिंह विकले बताए । उनले भने, ‘बिरामीलाई स्कुलमा राखेर के उपचार होला ?’

कोरोना विशेष अस्पताल बनाउन तथा कोरोना संक्रमितको उपचारका लागि कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतलाई एक करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक करोड र चौरजहारी मिसन अस्पताल रुकुम पश्चिमलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ ।