१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ ९ शुक्रबार १९:३२:००
Read Time : < 1 मिनेट
समाचार

कर्मचारीको तलब वृद्धि नहुने, स्वास्थ्य बिमा गर्न माग

Read Time : < 1 मिनेट
२०७७ जेठ ९ शुक्रबार १९:३२:००

आगामी बजेटमा कर्मचारीको तलब वृद्धि नहुने भएको छ । केही सुविधाहरू भने वृद्धि गर्न कर्मचारी संगठनले माग गरेका छन् । 

हरेक दुई वर्षमा कर्मचारीको तबल पुनरावलोकन हुने प्रावधान रहेकोमा गत वर्षको बजेटमा तलब बढेकाले यो वर्ष वृद्धि नहुने भएको हो । अर्काेतर्फ कोरोना संक्रमणबाट अर्थतन्त्र प्रभावित हुने भएकाले तलब वृद्धि गर्न सक्ने अवस्थामा सरकार नभएको अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन् । 

‘यो वर्ष हामीले तलब वृद्धिको माग गरेका छैनौँ,’ निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल भन्छन्, ‘सबै कर्मचारीको स्वास्थ्य बिमा गर्नुपर्छ भन्ने प्रस्ताव गरेका छौँ ।’ 
साथै घर बिदातर्फ सञ्चित बिदाको सुविधा हरेक वर्ष प्रदान गर्न कर्मचारी संगठनले माग गरेको छ । हाल अवकाशपछि एक सय ८० दिनको घर बिदा सञ्चितबराबरको तलब दिने प्रावधान छ । 

लकडाउनपछि शनिबार पनि सेवा दिनेबारे छलफल
लकडाउनपछि शनिबार पनि कार्यालय खोल्नेबारे छलफल सुरु भएको छ । कर्मचारीहरूले त्यसका लागि आफूहरू तयार रहेको बताएका छन् । हाल करिब ७० प्रतिशत निजामती कर्मचारी लकडाउनयता घरमै छन् । लकडाउनमा लामो समय सेवा रोकिएको र अवस्था सामान्य भएपछि भिडभाड बढ्न सक्ने भएकाले शनिबार पनि कार्यालय खोल्नेबारे छलफल थालिएको हो ।

यसका लागि कर्मचारीहरू तयार रहेको आधिकारिक संगठनका अध्यक्ष ढकाल बताउँछन् । उनी भन्छन्, ‘हामी शनिबार पनि काम गर्न तयार छौँ, दिनमा १४ घन्टा कार्यालय खोलेर दुई सिफ्टमा पनि कर्मचारी खटाउन सकिन्छ ।’  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउन खोलेपछि कसरी प्रभावकारी रूपमा सेवा दिने भन्ने विषयमा छलफल थालेको छ ।