मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १२ सोमबार
  • Monday, 25 May, 2020
२०७७ जेठ ९ शुक्रबार १८:१३:००
कोरोना अपडेट

भारतमा उपचार गराउँदागराउँदै कोरोनाको डरले घर फर्केका थिए चितवनका संक्रमित

२०७७ जेठ ९ शुक्रबार १८:१३:००

भरतपुर अस्पताल कोभिड– १९ प्रयोगशालामा शुक्रबार एक सय ३१ वटा नमुना परीक्षण गर्दा तीनजनामा कोरोना संक्रमण देखियो । संक्रमितमध्ये चितवनका दुई र नवलपुरका एक हुन् । चितवनका संक्रमित दुईजना श्रीमान्–श्रीमती हुन् ।

भरतपुर महानगरपालिकाका संक्रमित क्यान्सरको उपचार गराउन फागुन दोस्रो हप्ता भारतस्थित राजीव गान्धी क्यान्सर अस्पताल गएका थिए । क्यान्सरको उपचार गराइरहेका ७४ वर्षीय  श्रीमानको रेखदेखका लागि ७३ वर्षीया श्रीमती गत चैतमा भारत गएकी थिइन् । उनीहरूको छोरा पनि बुबासँगै अस्पतालमा थिए । तर, छोरामा भने कोरोना संक्रमण देखिएको छैन । 

संक्रमितका छोराका अनुसार उनको बुबाको फोक्सोमा क्यान्सर भएको थियो । सबैले भारतमा राम्रो उपचार हुन्छ भनेपछि उनीहरू राजीव गान्धी क्यान्सर अस्पताल गएका थिए । 

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपचारसमेत राम्रो हुन छाडेको र संक्रमणको डरले नेपाल फर्किएको उनले बताएका छन् । ‘क्यान्सरको बिरामी मेरो बुबालाई किमोसमेत नियमित तालिकामा हुन छाडेको थियो । दिनदिनै यस्तै घटना अस्पतालमा दोहोरिन थाल्यो,’ बिरामी बुबाको कुरुवा बस्न गएका छोराले भने, ‘भारतमा कोरोनाका संक्रमित बढ्दै थिए । हामी जुन उद्देश्यले उपचारको लागि आएका थियौँ, सो उपचार पाउन सकेका थिएनौँ । भारतमा संक्रमित पनि बढेका थिए । नेपालममै सुरक्षित भइन्छ भनेर फर्कियौँ ।’ उनीहरू दिल्लीबाट कृष्णनगरसम्म भारतको एम्बुलेन्स र त्यहाँबाट नेपालको एम्बुलेन्समा गत ३ जेठमा घर  आएका थिए । उनीहरू घर आएपछि पूर्ण सावधानीका साथ होम क्वारेन्टाइनमा बसेका थिए । 

संक्रमितको स्वास्थ्य सामान्य
संक्रमित दुवैजनालाई भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनका अनुसार शुक्रबार नै कोरोना पुष्टि भएका नवलपुरका विनयी त्रिवेणी गाउँपालिकाका ४५ वर्षीय पुरुषलाई पनि सोही अस्पतालमा ल्याएर राखिएको छ । उनको पनि अवस्था सामान्य छ । उनी १ जेठमा भारतको गुजरातबाट घर आएका थिए ।