१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ९ शुक्रबार १५:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारद्वारा संविधान संशोधन गर्न प्रस्ताव दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ९ शुक्रबार १५:३२:००

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सालाई संविधानमा समावेश गर्न संविधान संशोधनका लागि प्रस्ताव दर्ता गराएको छ ।

कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएकी हुन् ।

उनले अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमाअनुसार मिलाउन संविधान संशोधन गर्न संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । 

केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको अनुसूची ३ लाई संशोधन गर्ने निर्णय गरेको थियो । 

लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधनको आवश्यकता परेको हो ।