मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण थापा सर्लाही
२०७७ जेठ ९ शुक्रबार १२:५८:००
Read Time : < 1 मिनेट
समाचार

सर्लाहीमा काेराेना देखिएका १५ जना सबै भारतबाट आएका

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ जेठ ९ शुक्रबार १२:५८:००

सर्लाहीमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

लकडाउनकाे समयमा भारतका विभिन्न स्थानबाट आएर जिल्लाको सिमावर्ती क्षेत्र रामनगर गाउँपालिका र दक्षिण पश्चिम क्षेत्र गोडैता नगरपालिकाका क्वारेन्टाइनमा बसेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतबाट नेपाल प्रवेश गरेर क्वारेन्टाइनमा बसेकै १५ जनामा काेराेना संक्रमण देखिएकाे जानकारी दिए ।

लुकिछिपी सर्लाही प्रवेश गर्दै गरेको अवस्थामा प्रशासनले उनीहरुलाई सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा राखेको थियो । 

क्वारेन्टाइनमा रहेका ८६ जनाको गत मंगलबार मात्र थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । 

‘भारतबाट आएका ८६ जनाको स्वाब परीक्षणको लागि पठाइएको थियो,’ प्रजिअ जिसीले भने, ‘त्यस मध्ये १५ जनाको रिर्पोट पोजेटिभ देखिएको हो ।’

शुक्रवार बिहान स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमितको विवरणअनुसार जिल्लास्थित रामनगर गाउँपालिका ७ का एक जना र गोडैता नगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

उनीहरु सबै जना भारतबाट गत सोमबार मात्र नेपाल आएका हुन् । उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको प्रजिअ जिसीले जानकारी दिए ।

योसँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या २० पुगेको छ ।

यसअघि जिल्लाको धनकाैल गाउँपालिकाका १४ वर्षका बालक, हरिपुर्वा नगरपालिका ४५ वर्षका पुरुष र रामनगर गाउँपालिकाकी १८ वर्षकी युवती, हरिवननगरपालिकाका ३४ वर्षका पुरुष र बागमती नगरपालिकाका ३१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।