मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ जेठ ९ शुक्रबार १०:५७:००
Read Time : < 1 मिनेट
विश्व

चिनियाँ अर्थतन्त्रमा कोरोना प्रभाव : पहिलोपटक जिडिपीको लक्ष्य प्रभावित !

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ ९ शुक्रबार १०:५७:००

कोरोना भाइरसको महामारीका कारण चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) को वार्षिक लक्ष्य प्रभावित भएपछि चीनले सन् २०२० का आर्थिक वृद्धिको लक्ष्य नतोक्ने भएको छ ।

सन् १९९० देखि चीनले प्रत्येक वर्ष आर्थिक वृद्धिकाे लक्ष्य तय गर्दै आएको थियो । चीनले विगत ३० वर्षको अवधिमा पहिलोपटक जिडिपीकाे लक्ष्य नताेक्ने भएकाे हाे । 

चीनका आर्थिक एवं वित्तीय मामिला प्रमुख ली केकियाङले शुक्रबारको नेसनल पिपुल्स कंग्रेस (एनपिसी)को बैठकमा काेराेना महामारीका कारण प्रभावित अर्थतन्त्र र अबकाे प्राथमिकतालगायतका विषयमा ब्रिफिङ गरेका छन्। उनले अर्थतन्त्रमा विभिन्न अनिश्चितता भएकाले सरकार अब रोजगारी र सर्वसाधारणको दैनिकी उकास्नमा केन्द्रित हुने बताए । 

सरकारले राेजगारी र जनस्तर उकास्न कदम चाल्ने भएका कारण आर्थिक वृद्धिको लक्ष्य नताेक्ने लीले बताएका हुन् । चीनको पहिलो त्रैमासिक अर्थतन्त्र गत वर्षको तुलनामा ६.८ प्रतिशतले संकुचित भएको छ । महामारीका कारण याे वर्ष चीनकाे वित्तीय घाटा ३.६ प्रतिशत हुने अनुमान गरिएकाे छ ।

चीनले काेराेना भाइरसविरुद्ध काम गर्न एक ट्रिलियन युआन खर्च गर्ने भएकाे छ ।कोरोना भाइरसको महामारी बढ्न सक्ने आशंकामा चीनले देशभित्र प्रत्येक प्रान्तका सीमा क्षेत्रहरू बन्द गरेको छ ।