Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ९ शुक्रबार १०:४९:००
Read Time : < 1 मिनेट
समाचार

किट अभावले भारतबाट आएका सल्यानका चार सय ३६ जनाको परीक्षण भएन

Read Time : < 1 मिनेट
२०७७ जेठ ९ शुक्रबार १०:४९:००

मजदुरीका लागि गएका र अहिले गृहजिल्ला फर्केका सल्यानका चार सय ३६ जना स्वास्थ्य परीक्षणविना जिल्ला भित्रिएका छन् । 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका स्थानीयहरू बबई नाकामा कोरोना परीक्षण नै नगरी सल्यान भित्रिएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले जानकारी दिए । 

कोरोना परीक्षण किटको अभावमा उनीहरूको परीक्षण हुन नसकेको हो । 

सल्यानमा अहिले ७० वटा किट मात्रै भएकाले कपुरकोट नाकाबाट जिल्ला भित्रिएका ६० जनाको मात्रै आरडिटी टेस्ट गरिएको उनले जानकारी दिए । 

बाँकी रहेकाहरूको जाँच गर्नका लागि किट ल्याउन सुर्खेततर्फ गाडी पठाइसकेको जनाउँदै डा. बुढाले केही दिनभित्र मात्र उनीहरूको आरडिटी परीक्षण गरिने जनाए । 

परीक्षणविना फर्किएका उनीहरूलाई नगरपालिकाले एक विद्यालयमा बनाएको क्वारेन्टाइनमा राखिएको छ ।

कपुरकोट नाकाबाट भित्रिएका ६० जनाको परीक्षण गर्दा भने सबैको नतिजा नेगेटिभ आएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जनाकारी दिए । 

भारतबाट कपुरकोट नाका हुँदै आएका ५८ जना सल्यानका रहेका छन् भने दुईजना गाडीका चालक र सहचालक छन् ।