मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ९ शुक्रबार १०:४४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

‘वर्क फ्रम होम’ कति सुरक्षित ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ ९ शुक्रबार १०:४४:००

लकडाउनसँगै ‘वर्क फ्रम होम’ संस्कृति फस्टाएको छ । कार्यालयका डेस्कटपमा हुने काम घरकै ल्यापटपबाट भइरहेको छ । कार्यालयहरूमा त इन्टरनेट सुरक्षाको उच्चतम प्रविधि प्रयोग गरिएको हुन्छ । घरमा भने त्यस्तो प्रविधि महँगो पर्ने भएकाले कमैले उपयोग गरेका हुन्छन् । त्यसैले निजी र संस्थागत महत्वपूर्ण डाटा सजिलै ‘ह्याक’ हुन सक्छन् ।

विज्ञका अनुसार, जुम एपको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन आवश्यक छ । आफूले प्रयोग गरिरहेको उपकरण अपडेट गरिरहन उनीहरू सुझाउँछन्।

डिभाइस अपडेट गरिरहने

लकडाउनसँगै जुम एपको प्रयोग बढ्दो छ । अनलाइन कक्षादेखि कार्यालयको बैठक अनि बौद्धिक भलाकुसारी, सबैको साझा चौतारी बनेको छ, यो एप ।

त्यसैले जुम एपको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन विज्ञहरू सुझाउँछन् । उनीहरूका अनुसार आफूले प्रयोग गरिरहेको डिभाइसलाई नियमित अपडेट र मजबुत सफ्टवेयरको प्रयोग गर्नुपर्छ ।

वाइफाईको पासवर्र्ड परिवर्तन

फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालको जस्तै घरको वाइफाईको पासवर्ड पनि परिवर्तन गरिरहनुपर्ने विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार वाइफाई सबैभन्दा बढी र सहजै ह्याक हुन्छ । त्यसैले सावधानी अपनाउनुको विकल्प छैन ।

व्यक्तिगत र संस्थागत डाटा सुरक्षित राख्न बायोमेट्रिक पासवर्ड सबैभन्दा सुरक्षित उपाय हो । अनुहार, औँठा छाप, आँखादेखि मुटुको धड्कनजस्ता बायोमेट्रिक पासवर्ड प्रयोग गर्नु उचित हुन्छ।

कामपछि ल्यापटप बन्द गर्ने

अधिकांशले कामपछि पनि ल्यापटप बन्द गर्न बिर्सने गर्छन् । ल्यापटप खुला रहनुको अर्थ हार्डवेयर मात्र चालु रहनु होइन, भाइरस पनि सक्रिय हुन सक्छन् ।

त्यसबाट स्क्रिन र डिस्प्लेको समस्या पनि सिर्जना हुन सक्छ । स्मार्टफोन पनि चार्ज नसकिँदासम्म चलाइरहने बानी त्याग्नुपर्छ । अझ, मोबाइलमा सबै निजी जानकारी हुने हुँदा चनाखो हुनुपर्छ ।

बायोमेट्रिक पासवर्डको प्रयोग 
व्यक्तिगत र संस्थागत डाटा सुरक्षित राख्न बायोमेट्रिक पासवर्ड सबैभन्दा सुरक्षित उपाय हो । अनुहार, औँठा छाप, आँखादेखि मुटुको धड्कनजस्ता बायोमेट्रिक पासवर्ड प्रयोग गर्नु उचित हुन्छ ।

‘वर्क फ्रम होम’सँगै संस्थाहरूले पनि ‘जिरो ट्रस्ट’को अवधारणा आत्मसात् गर्नुपर्छ । सानो गल्ती र लापरबाहीले ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ । त्यसैले घरबाटै काम गरिरहेका कर्मचारीको डिभाइसमा साइबर सुरक्षा उपाय अपनाउन लगाउनुपर्छ ।