मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ९ शुक्रबार ०६:२१:००
Read Time : < 1 मिनेट
अर्थ

कुमारी बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ९ शुक्रबार ०६:२१:००

कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल ट्राफिक प्रहरीलाई १ सय लिटर स्यानिटाइजर सहयोग गरेको छ ।

कोरोना महामारीको घडीमा अत्यावश्यक स्यानिटाइजर रामशाहपथस्थित महानगर पुलिस कार्यालयमा एक समारोहबीच बैंकले हस्तान्तरण गरेको हो । कुमारी बैंककी अनुषा शाक्यले एसएसपी भीमप्रसाद ढकाललाई स्यानिटाइजर हस्तान्तरण गरेकी हुन् । 

सहारा नेपाललाई बैंकको सहयोग

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत चन्द्रगढी शाखाले ‘एकका लागि एक अभियान’का साथ झापाका क्वारेन्टाइनमा खाद्य सामग्री वितरण गर्दै आएको सहारा नेपाललाई खाद्यान्न सहयोग गरेको छ । बैंकले सहारा नेपालमार्फत संस्थालाई १ हजार किलो खाद्यान्न हस्तान्तरण गरेको हो । चन्द्रगढी शाखा प्रमुख उशितपा पाण्डेले सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेकी हुन् ।

कोरोनाको प्रकोपलाई फैलिन नदिन र क्वारेन्टाइन व्यवस्थापनलगायतका लागि सहयोग गरेको बैंकले जनाएको छ । लकडाउनको विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकलाई शाखा र एटिएममार्फत निरन्तर बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।