मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७७ जेठ ९ शुक्रबार ०८:१९:००
Read Time : < 1 मिनेट
समाचार

आठ कोरोना संक्रमित अझै क्वारेन्टाइनमै

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०७७ जेठ ९ शुक्रबार ०८:१९:००

कपिलवस्तुको महाराजगन्ज नगरपालिका–९ का आठ कोरोना संक्रमित अझै क्वारेन्टाइनमै बस्न बाध्य छन् । जसमध्ये चारजना बालबालिका हुन् । आइसोलेसन बेड नहुँदा उनीहरू एउटै कोठामा बस्न विवश भएका हुन् । उनीहरू तेनुवा गाउँको एक मदरसामा बसेका बताएको छ । बालबालिकामध्ये दुईजनाका आमा संक्रमित छन् । दुईजना बालबालिकाका अभिभावक संक्रमित छैनन् । उनीहरू धेरै समस्यामा परेका हुन् । उनीहरूलाई खाना घरबाटै ल्याइए पनि नियमित स्वास्थ्य अवस्था बुझ्ने स्वास्थ्यकर्मी छैनन् । कोरोना संक्रमित भएका र क्वारेन्टाइनमा बस्ने सबैले एउटै चापाकलको पानी पिउँदै आएका छन् । जसका कारण कोरोना संक्रमण समुदायमा फैलिन सक्ने जोखिम बढेको छ । 

अहिलेसम्म संक्रमित बसेका क्वारेन्टाइनमा नगरपालिकाका जनप्रतिनिधि पुगेका छैनन् । सरोकारवालाले चासो नदिएको स्थानीयवासीको आरोप छ ।  कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पाण्डेले संक्रमित सबैलाई अलग राख्ने तयारी गरिएको जानकारी दिए । ‘आइसोलेसन बनाएर उनीहरूको व्यवस्थापन गरिनेछ,’ उनले भने ।

शुक्रबारसम्म आइसोलेसन वार्ड तयार गरिने महाराजगन्ज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राधेश्याम कलवारले बताए । बजार क्षेत्रबाट नजिक रहेको विद्यालयमा संक्रमित राख्न लागेपछि स्थानीयले विरोध गरे पनि उनीहरू क्वारेन्टाइनमै बसिरहेका हुन् । कोरोना संक्रमित सबै भारतको मुम्बईमा एक कवाड संकलन केन्द्रमा काम गर्ने रहेको स्थानीयको भनाइ छ ।