मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस ललितपुर
२०७७ जेठ ८ बिहीबार १२:२५:००
Read Time : < 1 मिनेट
प्रदेश

फलफूल र तरकारी ल्याउन निषेध

Read Time : < 1 मिनेट
रासस ललितपुर
२०७७ जेठ ८ बिहीबार १२:२५:००

गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो ।
 
नगरप्रमुख गजेन्द्र महर्जनले सूचना जारी गर्दै कालिमाटी, बल्खु र बानेश्वरबाट आउने फलफूल तथा तरकारी ल्याई व्यापारीले बिक्री–वितरण गरेको पाइएमा कडाभन्दा कडा कारबाही गरिने उल्लेख छ । यसैगरी नगरपालिकाका सबै वडामा अत्यावश्यक खाद्यवस्तु बिक्री–वितरणका लागि बिहान ५ देखि ११ बजेसम्मका लागि मात्र पसल खुला गर्न सूचनामा अपिल गरिएको छ ।