मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ८ बिहीबार ११:४४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

दैनिक काेराेना संक्रमितको संख्या अहिलेसम्मकै उच्च, महामारी लामो समय रहने विश्व स्वास्थ्य संगठनको अर्काे चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ८ बिहीबार ११:४४:००

कोरोना भाइरसबाट दैनिक नयाँ संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले दैनिक नयाँ संक्रमितको संख्या बढ्ने क्रम अहिलेसम्मकै उच्च भएको जनाएको हो । संसारभर संक्रमित हुनेकाे संख्या बुधबार एक लाख ६ हजार पुगेको संगठनले जनाएको छ ।

संगठनका प्रमुख महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले कोरोना भाइरस निर्मूल हुन लामो समय लाग्ने चेतावनी फेरि दिएका छन् ।

गरिब मुलुकमा संक्रमितको संख्या बढ्दै जानु झनै चुनौतीपूर्ण रहेको उनले बताएका छन् ।

त्यस्तै विज्ञहरूले संक्रमितको संख्या अझै बढी हुन सक्ने बताएका छन् । गरिब मुलुकहरूमा उच्च परीक्षण हुन सक्दा कोरोना संक्रमितको ठूलो संख्या गणनामा नआएको विज्ञहरूले बताएका हुन् ।

अहिले कोरोना संक्रमितको सबैभन्दा उच्च संख्या रहेको देशका रूपमा अमेरिका रहेको छ । 

त्यहाँ १५ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ९० हजारभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकी सबै राज्यहरू माहामारीबीच खुल्न थालेसँगै संगठनका प्रमुखले महामारी निर्मूल हुन अझै लामो समय लाग्ने चेतावनी दिएका हुन् ।

त्यस्तै, पछिल्लो समय कोरोना भाइरस र मलेरियाको औषधि हाइड्रोक्सी क्लोरोक्वाइनको चर्चा भइरहेको छ । 

संगठनका आपतकालीन प्रमुख डा. माइकल रायनले भने क्लोरोक्वाइन कोरोनाविरुद्ध प्रभावकारी नरहेको बताएका छन् । 

उनले अहिलेसम्म कुनै पनि औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी पुष्टि नभएको बताएका हुन् ।

(एजेन्सी)