मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएनआई भुवनेश्वर
२०७७ जेठ ७ बुधबार १२:४६:००
Read Time : < 1 मिनेट
विश्व

आँधीबाट सुरक्षित राख्न ओडिसामा करिब डेढ लाख मानिसको उद्धार

Read Time : < 1 मिनेट
रासस/एएनआई भुवनेश्वर
२०७७ जेठ ७ बुधबार १२:४६:००

भारतको पूर्वी तटीय इलाकामा सक्रिय अम्फान आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न ओडिसा राज्यका एक लाख ३७ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

ओडिसाका विशेष राहत आयुक्तले पश्चिम बंगालको सुन्दरवननजिक बुधबार अम्फान आँधीले ठूलै समस्या निम्त्याउने खतरा रहेको बताएका छन् । 

आयुक्त पिके जेनाले अम्फान आँधी पारादीपबाट दक्षिण–पूर्व ११० किलोमिटर टाढा देखिएको बताउँदै भने, 'यो आँधी प्रतिघन्टा १८–१९ किलोमिटरको गतिमा छ । पश्चिम बंगालमा बुधबार साँझसम्म यो आँधी आइपुग्ने देखिएको छ । यहाँ आगामी ६–८ घन्टा निकै चुनौतीपूर्ण हुनेछ ।'

उनले एक लाख ३७ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिँदै बालासोर र मयुरभान्ज जिल्लाका केही क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सार्ने योजना बनिरहेको बताए ।

पारादीपमा बुधबार बिहान आँधीको गति १०२ किलोमिटर प्रतिघन्टा देखिएको पनि उनले जनाए । 

भारतीय जलविज्ञान विभागले अम्फान आँधी पश्चिम बंगाल–बंगलादेशको तटीय इलाका हुँदै अघि बढ्ने पूर्वानुमान गरेको छ ।