१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ जेठ ७ बुधबार १०:०९:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना महामारीबीच दशककै ठूलो आँधीसँग जुध्दै भारत र बंगलादेश

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ ७ बुधबार १०:०९:००

बंगालको खाडीबाट आइरहेको आँधीका कारण भारत र बंगलादेशका लाखौँ मानिस प्रभावित हुने भएका छन् । आँधीले बंगालको तटीय क्षेत्रमा ठूलो असर पार्ने मेट्रोलोजिस्टहरूले बताएका छन् ।

भारतको ओडिसा, डिघा, पश्चिम बंगाल र एवं बंगलादेशको तटीय क्षेत्रमा आँधीले असर गर्ने देखिएको हो । त्यो क्षेत्रमा लाखौँको संख्याका बस्तीहरू रहेका छन् । एम्फन नाम दिएको यो आँधी दशककै खतरनाक रहेको र करिब एक सय ८५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा आइरहेको हावाले बंगालको तटीय क्षेत्रमा बजार्ने मेट्रोलोजिस्टहरूले दाबी गरेका छन् ।

भारत सरकारले तीक्षेत्रमा उद्धारका लागि २० भन्दा बढी समूह खटाइसकेकोे जनाएको छ । मानिसहरूलाई खाली गर्न एवं उद्धारका लागि दुवै देशलाई कोरोना माहामारीले झनै ठूलो कठिनाइ सिर्जना गरिदिएको छ ।

ती क्षेत्रमा भारतकै सहर एवं विभिन्न देशबाट आएका कैयौँ कामदारहरू क्वारेन्टाइनमा रहेकोसमेत बताइएको छ । बंगलादेशका अधिकारीहरूले सन् २००३ मा आएको आँधीपछिको ठूलो आँधी भएको बताएका छन् ।

तटीय क्षेत्रमा तुफानीपानी पसेपछि आँधीको गति कम हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै आँधीबाट तटीय क्षेत्रमा पस्ने बाढीले करिब तीनदेखि पाँच मिटरसम्म पानी भरिने भारतीय अधिकारीहरूले बताएका छन् ।

भारतको बंगला र ओडिसा क्षेत्रमै सबैभन्दा बढी कामदार घर फर्किएको जनाइएको छ । त्यसै क्षेत्रमा आँधीले अब महामारी र हानि दुवैको संकट बढाउने देखिएको छ । भारतको प्रकोप नियन्त्रण विभागले झन्डै २० लाख मानिसलाई त्यो क्षेत्रबाट खाली गर्ने बताएको थियो । त्यस्तै सामाजिक दूरी कायम गर्ने संयमितता पनि अपनाइएको छ ।

यो आँधी बंगाल क्षेत्रमा सन् १९९९ पछिकै ठूलो मानिएको छ । त्यतिवेला नाै हजार बढीले ज्यान गुमाएका थिए भने कैयौँ घरविहीन भएका थिए ।