मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल
२०७७ जेठ ६ मंगलबार १८:३२:००
Read Time : < 1 मिनेट
समाचार

रक्सीमा मिसावट गरेर बिक्री गर्ने पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल
२०७७ जेठ ६ मंगलबार १८:३२:००

लकडाउनमा अभावको फाइदा उठाउँदै महँगोमा सस्तो रक्सी मिसाएर बिक्री गर्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

चल्तीमा रहेको गोल्डेन ओक रक्सीमा सस्ता रक्सीहरू मिसाएर बिक्री गर्ने  विराटनगर महानगरपालिका–६ का डिएन ट्रेडर्सका सञ्चालक श्रवण मुखियालाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

मुखियाले सस्तो मूल्यको मदिरालाई महँगोको बोतलमा भरेर बेच्ने गरेको सूचना पाएपछि प्रहरीले मंगलबार दिउँसो पसलमा छापा मारेको थियो । प्रहरीले विभिन्न ब्राण्डका मदिरा र राजस्वको स्टिकर तथा बिर्कोको सिल पनि बरामद गरेको मोरङका एसपी विश्व अधिकारीले बताए ।