१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ६ मंगलबार १२:४६:००
Read Time : < 1 मिनेट
समाचार

नीति तथा कार्यक्रममाथि संसदमा प्रधानमन्त्रीको सम्बोधन : पहिलो प्राथमिकता कोरोना नियन्त्रण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ६ मंगलबार १२:४६:००

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा कोरोना संक्रमण नियन्त्रणलाई महत्व दिएको बताएका छन्।

संघीय संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको मंगलबार प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन्। उनले कोरोना नियन्त्रण, निर्मूल पार्ने र कोरोनामुक्त नेपाल बनाउने सरकारको पहिलो प्राथमिकता भएको बताए।

कोरोना भाइरसबाट नेपालमा दुईजनाको निधन भएकोप्रति उनले दुःख व्यक्त गरे। कोरोनाको कारणले वा संक्रमित भएको अवस्थामा कसैले ज्यान गुमाउनु नपरोस् भनेर सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो। 

अरूमा संक्रमण हुन नपाओस् भनेर सरकारले उच्च सतर्कता अपनाउने, भरपर्दो परीक्षण गर्ने, परीक्षणको दायरा बढाउनेजस्ता काम गरिरहेको उनले जानकारी दिए। 

नेपाल भित्रिएकोमध्ये अन्यत्रबाट भन्दा भारतबाट आएको भाइरस कडा देखिएको उनले बताए। कोरोना भाइरसको संक्रमण रोक्ने क्रममा बाहिरबाट आउनेलाई रोक्न नसकिएको उनले स्विकारे। 

जनताको चेतना, जनप्रतिनिधिको दबाब र सीमामा आइसकेका नागरिकका कारण बाहिरबाट आउनेलाई रोक्न नसकिएको ओलीले बताए। 

उनले नेपालमा अहिलेसम्म देखिएको संंक्रमितको संख्याअनुसार रोकथाम गर्न नसक्ने स्थिति नभएको दाबी गरे। त्यसका लागि सिंगो देश एक भएर काम गर्नु जरुरी रहेको उनको भनाइ थियो।