१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ जेठ ६ मंगलबार १२:४१:००
Read Time : > 1 मिनेट
विश्व

कामकारबाहीमा सुधार ल्याउन विश्व स्वास्थ्य संगठनलाई ट्रम्पको ३० दिनको समयसीमा

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ जेठ ६ मंगलबार १२:४१:००

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० दिनभित्र संगठनकाे कामकारबाहीमा ठोस परिवर्तन ल्याउन विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयससलाई चेतावनी दिएका छन् । 

ट्रम्पले डब्ल्युएचओका महानिर्देशक गेब्रेयससलाई चिठी लेख्दै ३० दिनभित्र संगठनको कामकारबाहीमा सुधार नल्याए अमेरिककाले दिँदै आएको सहयोग सधैंका लागि रोक्ने जनाएका हुन् । उनले गेब्रेयससलाई पठाएको चिठी ट्वीटरमा सेयर गरेका छन् । 

डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोसलाई लेखिएको चार पृष्ठको पत्रमा ट्रम्पले भनेका छन् ‘तपाई र तपाईको संगठनले महामारीका सम्बन्धमा बारम्बार चालेका गलत कदमले विश्वले ठूलो मूल्य चुकाउनु परेको छ । संगठनको अब एउटामात्र बाटो भनेको चीनबाट स्वतन्त्र भएर काम गर्नु हो ।’

राष्ट्रपति ट्रम्पका अनुसार डब्ल्युएचओले अब केही ठोस परिवर्तनप्रति प्रतिबद्ध नभए संगठनलाई अमेरिकाले प्रदान गर्दै आएको सहयोग स्थायी रुपमा रोक्ने र अमेरिका डब्ल्युएचओको सदस्य बन्ने विषयमा पनि पुनर्विचार गर्नेछ ।

This is the letter sent to Dr. Tedros of the World Health Organization. It is self-explanatory! pic.twitter.com/pF2kzPUpDv

— Donald J. Trump (@realDonaldTrump) May 19, 2020

ट्रम्पले भनेका छन् ‘डब्ल्युएचओले वुहानमा गत डिसेम्बरमा फैलिएको कोरोना भाइरससँग सम्बन्धित विश्वासिलो रिपोर्टलाई सधैं नजरअन्दाज गरेको छ ।’ ट्रम्पले संगठनलाई चीनको ‘कठपुतली’ भएको आरोपसमेत लगाएका छन् । 

डब्ल्युएचओले चीनको तारिफ गरेकोप्रति पनि उनले निन्दा गरेका छन् । 

चीनले कोरोना भाइरसको महामारी नियन्त्रण तथा न्युनिकरणका लागि विश्व स्वास्थ्य संगठनलाई २ अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ । उक्त रकम दुई वर्षभित्र डब्ल्युएचओलाई प्रदान गरिनेछ । विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सीले कोरोना भाइरससम्बन्धी सम्पूर्ण विवरण डब्लूएचओ र अन्य देशलाई उपलब्ध गराउने पनि बताएका छन् । 

यस्तै विश्व स्वास्थ्य संगठनले सोमबारको भर्चुअल बैठकमा कोरोना भाइरसका सम्बन्धमा स्वतन्त्र समीक्षा गर्ने प्रतिबद्धता गरेको छ ।