मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ जेठ ६ मंगलबार ११:०२:००
Read Time : < 1 मिनेट
समाचार

संक्रमित नर्सका पाँच वर्षीय छोरा कोरोनामुक्त

Read Time : < 1 मिनेट
२०७७ जेठ ६ मंगलबार ११:०२:००

जिल्ला अस्पताल धनकुटामा कार्यरत कोरोना संक्रमित नर्सका पाँच वर्षीय छोरा कोरोनामुक्त पाइएका छन्। 

३४ वर्षीया नर्स कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि उनका छोराको पनि स्वाब परीक्षण गरिएको थियो। तर, बालकको रिपोर्ट नेगेटिभ आएका स्वास्थ्यकर्मीले बताएका छन्। 

संक्रमित नर्सको कोसी अस्पतालको कोभिड– १९ उपचार केन्द्रमा उपचार भइरहेको छ। जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीया स्वास्थ्यकर्मीमा आइतबार  साँझ कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमण पुष्टि भएपछि उनी पाँच वर्षीय छोरा लिएर उपचारका लागि कोभिड अस्पताल विराटनगर पुगेकी थिइन्। आमा–छोरासँगै डेरामा बस्दै आएकाले दुवैजनालाई कोभिड अस्पताल ल्याइएको थियो।  

परीक्षणमा छोराको रिपोर्ट नेगेटिभ आएपछि बालकलाई बुबाको जिम्मा लगाइएको कोभिड– १९ अस्पताल कोरोना उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार छोरालाई होम क्वारेन्टाइनमा राख्न भनिएको छ। 

हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४० पुगेको छ। कोभिड अस्पतालमा २२ जना बिरामीकाे उपचार भइरहेको छ। १८ संक्रमित भने निको भएर डिस्चार्ज भइसकेका  छन्।