मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रोहितराज पराजुली कास्की
२०७७ जेठ ५ सोमबार २१:२२:००
Read Time : < 1 मिनेट
समाचार

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन पोखरा सभागृहमा

Read Time : < 1 मिनेट
रोहितराज पराजुली कास्की
२०७७ जेठ ५ सोमबार २१:२२:००

गण्डकी प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन आगामी ११ जेठमा आह्वान गर्न सिफारिस गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन ११ जेठको बिहान ११ बजे आह्वान गर्न  प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । 

प्रदेश सभाको बैठक पोखरा सभागृहमा राख्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए  । 

पोखरा–३ नदीपुरस्थित हालको प्रदेश सभा भवन साँघुरो रहेको र कोरोना संक्रमणलाई ख्याल गर्दै र सामाजिक दूरी कायम गर्नका लागि सभागृहमा बैठक सञ्चालन गर्ने निर्णय गरेको बस्नेतले जानकारी दिए ।

अधिवेशनमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७–०७८ का लागि नीति तथा कार्यक्रमसँगै बजेट पेस गर्नेछ । 

मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका ११ जिल्ला अस्पतालका लागि एक–एक थान स्कर्पियो गाडी खरिद गर्ने, तनहुँमा दुई शवदाह गृह स्थापना गर्ने र त्यसका लागि आवश्यक मेसिन भारतबाट ल्याउनुपर्ने भएकाले भन्सार र राजश्व छुटसँगै ढुवानीका लागि आवश्यक सहजीकरण गरिदिन संघ सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । 

बैठकले लघु तथा साना उद्यमीलाई मेसिन तथा उपकरण हस्तान्तरण गर्ने कार्यविधि ०७७ स्वीकृत गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।