मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डिलाराम भुसाल कपिलवस्त
२०७७ जेठ ५ सोमबार १८:१८:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउन अवधिभर कपिलवस्तु सिल

Read Time : < 1 मिनेट
डिलाराम भुसाल कपिलवस्त
२०७७ जेठ ५ सोमबार १८:१८:००

कोरोना संक्रमण फैलने जोखिम उच्च रहेको भन्दै कपिलवस्तु जिल्ला थप १५ दिन सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी सरकारले लकडाउनको अवधि बढाएको मिति २० जेठसम्म सिल गरिने जानकारी दिएको हो ।

सोमबार अपराह्नसम्ममा जिल्लामा ४३ जनालाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । कपिलवस्तुलाई यसअघि २९ वैशाखदेखि ५ जेठसम्मका लागि सिल गरिएको थियो । जिल्ला सिलको अवधि थप १५ दिन बढाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।  प्रशासन कार्यालयमा बसेको कोरोना विपत् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा कोरोना तीव्र रूपमा फैलिएपछि जोखिम कम गर्न जिल्ला सिल गर्ने अवधि थपिएको बताए । उनले यसअघि गरिएको निर्णयलाई यथावत् राख्दै तरकारी र खाद्यान्न किन्ने दिन अझ कम गरिएको जानकारी दिए । अब हप्ताको तीन दिन सोमबार, बुधबार र शनिबार बिहान सातदेखि नौ बजेसम्म मात्र तरकारी र खाद्यान्न किन्न पाइनेछ । जिल्लामा आउन र जान भने पूर्णरूपमा निषेध गरिएको छ ।

अत्यावश्यकबाहेक सबै उद्योग, कलकारखाना, व्यवसाय तथा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।