१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ जेठ ५ सोमबार १६:४७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

बाँकेका ४७ सहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या तीन सय ५७ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ जेठ ५ सोमबार १६:४७:००

बाँकेका ४७ जनासहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । 

उनका अनुसार बाँकेमा ४६ जना पुरुष र एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै, विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एकजना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका एक पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, दाङ र धादिङका एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिए । 

सोमबार बिहान रौतहटमा आठ र बारामा एकजनामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन सय ५७ पुगेको छ ।

संक्रमितमध्ये दुईजनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।