मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल
२०७५ माघ १२ शनिबार १९:३५:००
Read Time : < 1 मिनेट
समाचार

कर्णाली प्रदेशका दुई जिल्लाका नागरिकलाई सहुलियतमा हवाई टिकट

Read Time : < 1 मिनेट
रमेश रावल
२०७५ माघ १२ शनिबार १९:३५:००

सडकले नछोएका कर्णाली प्रदेशका दुई जिल्ला डोल्पा र हुम्लाका नागरिकहरुले हवाइ भाडामा छुट पाउने भएका छन् । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डोल्पा र हुम्ला जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण रुपमा अपाङ्गता भएका नागरिकलाई हवाई टिकटमा हजार रुपैयाँ सहुलियत दिन सुरु गरेको छ ।
 
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा डोल्पा र हुम्लाका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई हवाइ भाडामा छुट दिने निर्णय गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए । ‘कर्णाली प्रदेशका हुम्ला र डोल्पाका नागरिकलाई सहुलियतमा हवाई भाडा छुट गर्ने निर्णय भएको थियो,’ उनले भने, ‘त्यसै अनुरुप चालु आर्थिक वर्ष हवाई भाडामा छुट दिन थालिएको छ ।’ 

एक करोड बजेट बिनियोजन
 
दुई जिल्लाका नागरिकलाई हवाई भाडा छुट दिनका कर्णाली प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । सेवा प्रदान गरेबापत हवाइजहाज कम्पनीले मन्त्रालयबाट भुक्तानी लिने मन्त्री बुढाले बताए । सहुलियत दरको हवाइ सेवा सेवा नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट मात्र पाउने मन्त्रालयले जनाएको छ ।