मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ५ सोमबार १३:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सांसद अमरेशकुमार सिंहको ठहर : कमजोरलाई निर्वस्त्र गर्ने सत्ता लामो समय टिक्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ५ सोमबार १३:३७:००

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले कमजोरलाई निर्वस्त्र पार्ने सत्ता लामो समयसम्म नटिक्ने भन्दै अहिलेको सरकार पनि लामो समय नटिक्ने दाबी गरेका छन् । 

सोमबार संसदमा उनले भने, ‘आर्मीको तीनवटा फोटो भाइरल भएको छ । एउटा, महारानीका छोराछोरीसमेत छिन्नमस्तामा जाँदाखेरि चप्पल बोकेको । दोस्रो, कोभिड– १९ को महामारीका वेला संसदमै रातो कार्पेट बिच्छ्याएको फोटो । तेस्रो, आज नयाँ पत्रिकामा छ जो श्रीमती बचाउन ब्लड लिन जान्छ त्यसलाई नंग्याइएको छ, घनश्याम झा कमजोर समुदायको प्रतीक थियो । जबजब कमजोरलाई निर्वस्त्र गरिन्छ त्यो सत्ता टिक्दैन । बुझौँ ।’ 

अहिलेको सत्ताको दिन धेरै लामो समय नजाने सिंहले बताए । 

अहिले सरकारले जनतालाई लकडाउन गरेको, तर लकडाउन सकिएपछि जनताले सरकारको लकडाउन गर्ने उनको भनाइ थियो ।