१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ५ सोमबार १३:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सांसद अपहरणको आरोप पुष्टि भए झुन्डिएर मर्छु : सांसद श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ५ सोमबार १३:२०:००

नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूमाथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले सांसद अपहरणमा संलग्न भएको  प्रमाणित भए सबै सांसदको अगाडि झुन्डिएर मर्न तयार रहेको बताए । 

उनले भने, ‘केही हप्ताअगाडि यहाँ सांसद अपहरणका कुराहरू आए र मलगायत माननीय महेश बस्नेतसमेतको चरित्र हत्या गर्ने काम भयो । सम्पूर्ण माननीयहरूलाई साक्षी राखेर म भन्न चाहन्छु ।  अपहरणको आरोप लगाउनेहरूलाई म चुनौती दिन चाहन्छु । यदि प्रमाणित भयो भने सबै माननीयहरूको अगाडि म झुन्डिएर  मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरू पनि झुन्डिन तयार छन् ?’

विवादास्पद अध्यादेशसँगै पार्टी फुटाउने षड्यन्त्रअनुसार प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सांसद डाक्टर सुरेन्द्र यादवलाई सर्लाहीबाट अपहरण गरी काठमाडाैं ल्याएको भन्दै जनता समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले सांसद श्रेष्ठ, महेश बस्नेत र निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जिल्ला सरकारी कार्यालय काठमाडाैंमा मुद्दा दर्ता गरेका थिए ।