मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ जेठ ५ सोमबार १३:१३:००
Read Time : < 1 मिनेट
विश्व

मानिसकाे स्वास्थ्यमा असर पुऱ्याउने भएकाले डिसइन्फेक्टेन्ट नछर्किन विश्व स्वास्थ्य संगठनको आग्रह

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ ५ सोमबार १३:१३:००

भाइरसमुक्त बनाउन जमिन, सडक, भवन, यातायातका साधन, अस्पताल, मानिसले छुने अरू स्थानहरूमा प्रयोग गरिँदै आएको कीटनाशक औषधि (डिसइन्फेक्टेन्ट) मानिसका लागि झन् हानिकारक हुने भएकाले यसको प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।  

कोरोना भाइरसको महामारी फैलिएपछि जमिन तथा भवनका सतहमा रहने भाइरसलाई निष्क्रिय बनाउन विश्वभर यसको कीटनाशक औषधि छर्किँदै आइएको छ ।

संगठनले स्प्रे गर्दा भाइरस निष्क्रिय नहुने र झन् मानव स्वास्थ्यमा असर गर्ने भएकाले प्रयोग बन्द गर्न भनेको हो । शनिबार एक गाइडलाइन जारी गर्दै उक्त स्प्रेले भाइरसलाई कुनै असर नगर्ने जनाएको सिएनएनले उल्लेख गरेको छ । 

कतिपय ठाउँमा मानिसहरूमा पनि डिसइन्फेक्टेन्ट छर्किएको पाइएको छ, तर यसो गर्नु झन् गलत हुने डब्ल्युएचओले जनाएको छ । 

संगठनका अनुसार अहिले प्रयोग गरिएजसरी कीटनाशक औषधि छर्किँदा मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर गर्छ । फर्माल्डिहाइड, क्लोरिन वा अन्य कुनै पनि रसायनको प्रयोगले नाक, आँखा, छाला पोल्ने, श्वासप्रश्वासमा समस्यामा हुने, पेट वा आन्द्रामा रोग लाग्न सक्ने बताएको छ । 

विश्व स्वास्थ्य संगठनले घरभित्र कीटनाशक औषधिको प्रयोग गर्नुपरे कपडामा भिजाएर पुछ्न सकिने बताएको छ । कोरोना भाइरस कुन सतहमा कति समयसम्म जीवित रहन सक्छ भनेर अझै पत्ता लागिसकेको छैन । तर, केही अध्ययनले केही दिनसम्म भाइरस अस्तित्वमा रहन सक्ने बताएको छ ।