१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ५ सोमबार १२:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सर्वसाधारणलाई सेनाले दुःख किन दियो ? सरकारको नियतसँग सजग हौँ : प्रकाशमान सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ५ सोमबार १२:१९:००

नयाँ पत्रिका दैनिकमा ‘श्रीमतीलाई अस्पतालमा छाडेर ब्लड...’ शीर्षकमा सोमबार प्रकाशित समाचार उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले संसदमा सरकारको नियतमाथि प्रश्न उठाएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘कालिमाटीमा घनश्याम झालाई ब्लड लिन गएको वेलामा सेनाले दुःख दियो । यो सरकारले के गर्न खोजेको ? राष्ट्रिय सुरक्षामा लगाउनुपर्ने हो सेनालाई । शान्तिसुरक्षा त प्रहरीले गर्नुपर्ने हो नि । यस्तो किन भएको छ ? जनतालाई किन अपमानित गरेको छ ? सरकारको नियतबारे हामी सबै सजग हुनुपर्छ ।’

नीति तथा कार्यक्रम लामो बनाएकोमा पनि उनले असन्तुष्टि राखे । 

उनले भने, ‘सरकारले आफ्नो कमजोरीलाई ढाकछोप गर्न, आफूले डेलिभर गर्न नसकेको कुरालाई अर्कातिर डाइभर्ट गर्न, भ्रष्टचारलाई ढाकछोप गर्न यति लामो नीति तथा कार्यक्रम ल्याएको रहेछ ।’